१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा पहिलोपटक कर्मचारीलाई बोनस



अ+ अ-

काठमाडौँ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड आफ्नो स्थापनाको ४० वर्षमा पहिलोपटक खुद नाफा आर्जन गर्न सफल भएको छ । विसं २०३८ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा करिब रु सात लाख कम्पनीका कामदार तथा कर्मचारीलाई बोनस बाँढिएको कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले बताउनुभएको छ ।

महाप्रबन्धक कार्कीले आज एक विज्ञप्ति जारी गर्दै विश्वभर महामारीका रुपमा फैलिएको कोडिड–१९ का कारण नेपालसमेत आक्रान्त भएको र करिब एक वर्ष बन्दाबन्दी हुँदासमेत कम्पनीले गरेको अथक प्रयासस्वरुप कम्पनीले यसरी नाफा गर्न सफल भएको र कर्मचारी तथा श्रमिकहरुलाई बोनस बाँढ्ने अवस्थामा आइपुगेको बताउनुभएको छ । 

विशेषगरी कम्पनीमा मौजुदा अत्यन्तै न्यून जनशक्ति र स्रोतसाधनलाई अधिकतम उपयोग गर्दै मुख्यतः कम्पनीको लोकप्रिय उत्पादन ‘सन्चो’ लगायत अन्य उत्पादनको विक्री प्रणालीमा गरिएको सुधारका कारण कम्पनी मुनाफा हासिल गर्ने अवस्थामा आइपुगेको विज्ञप्तिमा उल्लेख छ । 

विगत २८ वर्षदेखि हुननसकेको साधारणसभा सम्पन्न भएको र प्रत्येक वर्ष नियमित साधारणसभा गर्ने तथा नियमित लेखापरीक्षण गरिने पनि विज्ञप्तिमा बताइएको छ । कम्पनीको उन्नति र प्रगतिले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै महाप्रबन्धक कार्कीले कम्पनीसँग सरोकार राख्ने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।