८ भाद्र २०८३, सोमबार
,
Latest
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुन्ता शासनविरोधी ‘मौन हडताल’ले म्यानमारका सहर र सडक खाली



अ+ अ-

याङ्गून । म्यानमारको सेनाले यसै बर्षको फेब्रुअरीमा निर्वाचित सरकारलाई सत्ताबाट हटाएको अप्रजातान्त्रिक कदमको विरोध गरिरहेको ‘नेशनल लिग फर डेमोक्रेसी’ सहितका विपक्षी दलहरूको ठूलो समूहले शुक्रबार ‘मौन हडताल’ गरेको छ । हडतालका कारण देशभरका शहर र सहरका सडक खाली भएका बताइएको छ । 

एक स्थानीय निगरानी समूहका अनुसार फेब्रुअरी विद्रोहदेखि दक्षिणपूर्वी एसियाली राष्ट्रमा गोलमाल मच्चिरहेको छ, अर्थतन्त्र टाट पल्टेको छ भने एक हजार तीन सयभन्दा बढी मानिसहरू सुरक्षा बलद्वारा मारिएका छन् ।

हडतालका कारण म्यानमारको व्यावसायिक केन्द्र याङ्गून शहरका सडकहरू उजाड थिए, सडक विक्रेताहरू वा पसलहरू स्वतस्फुर्त बन्द भएका एएफपी संवाददाताहरूले बताएका छन् । 

बौद्ध धर्मावलम्बीहरू अक्सर आगन्तुक तथा तीर्थयात्रीहरूले भरिनेगरेको प्रसिद्ध श्वेडागोन प्यागोडा गुम्बामा खासै चहलपहल नदेखिएको रेस्टुरेन्ट, पसल र मुख्य बजार सबै बन्द भएका दोस्रो शहर मन्डलेका बासिन्दाले एएफपीसँग नाम उल्लेख नगर्ने शर्तमा बताए । 

बिहानैदेखि सडकमा स्थानीयले ओहोर दोहोर नगरेको बताइएको छ । स्थानीय सञ्चार माध्यमका चित्रहरूले दक्षिणपूर्वी शहर मौलामाइन र उत्तरी सागाङ इलाकाका शहरहरूमा पनि सडकहरू खाली देखाएका छन् ।

याङ्गूनस्थित अमेरिकी दूतावासले जमघट वा विरोधप्रदर्शनविरुद्ध सुरक्षा फौजद्वारा हिंसाको बढ्दो जोखिमलाई उद्धृत गर्दै आफ्ना नागरिकहरूलाई शुक्रबार सडकमा नबस्न सल्लाह दिएको थियो ।

स्थानीय समयअनुसार अपरान्ह् ४ बजे याङ्गून र छिमेकी सहरहरूमा हडतालको अन्त्य भएको घोषणा सामूहिक रूपमा ताली बजाएर गरेका छन् । (रासस÷एएफपी)