१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

गैंडा मर्न थाले, कारण भने पत्ता लागेन

गैंडा मर्न थाले, कारण भने पत्ता लागेन
अ+ अ-

काठमाडौं । चालू वर्ष चोरी सिकारीबाट एउटा पनि गैंडा मरेका छैनन् । तर, प्राकृतिक कारणले ४३ वटा मरेका छन् । झन्डै एक वर्ष अवधिमा प्राकृतिक र अन्य कारणले ४५ गैंडा मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले बताए ।

‘धेरै संख्यामा गैंडा मरेपछि विभिन्न अध्ययन गर्दै आएका छौं’, उपसचिव श्रेष्ठले भने, ‘के कारणले मरेको हो भनेर यकिन भएको छैन ।’ विभागले ६० ठाउँको पानी परीक्षण गर्दा पनि केही कारण पत्ता नलागेको उनले सुनाए। मृत शरीर र वासस्थानको जाँच गर्दा पनि केही नखुलेको उनको भनाइ छ। ‘के कारणले मरेको हो भनेर अध्ययनमै छौं’, उनले भने, ‘भारतमा जेडएसआई टेस्ट गराउँदै छौं । त्यहाँबाट पनि केही पत्ता नलागे अन्य मुलुकमा भएको प्रविधिमा जानेछौं।’

पछिल्लो तथ्यांकअनुसार देशभर ६ सय ४५ गैंडा छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा मात्रै ६ सय ५ वटा छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा २८, शुक्लाफाँटामा नौ र पर्र्सा राष्ट्रिय निकुञ्जमा तीनवटा रहेको विभागको तथ्यांक छ । चालू वर्ष चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले ३८ र अन्य कारणले दुई गैंडा मरे । डिभिजन वन कार्यालय चितवनमा दुई र बर्दिया राष्ट्रिय निकुञ्जमा तीनवटा मरे । यीमध्ये ड्यामबाट खसेर एक र होटलको सेफ्टी ट्यांकमा खसेर एउटाको मृत्यु भएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।