१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

प्रहरीभित्र षड्यन्त्रको राजनीति, प्रहरी अधिकृतको निलम्बन र राजीनामा

प्रहरीभित्र षड्यन्त्रको राजनीति, प्रहरी अधिकृतको निलम्बन र राजीनामा
अ+ अ-

काठमाडौं । नेपाल प्रहरीभित्रको आन्तरिक राजनीतिले संगठनलाई थिलथिलो बनाउन थालेको छ। एक वर्षको अवधिमा प्रहरी संगठनभित्र आन्तरिक राजनीति बढ्दै जाँदा केही अधिकृतहरू राजीनामा दिएर संगठनबाट बिदा भएका छन् भने केही अदालतमा मुद्दाको सामना गरिरहेका छन्। त्यसैगरी केही अधिकृतहरू असम्बन्धित स्थानमा सरुवा भएका छन्। ‘कोभर्ट’ अप्रेसन (गोप्य अनुसन्धान) का क्रममा कार्यक्षेत्र मिचेको भन्दै गत वर्ष ३३ किलो सुनकाण्डमा अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेललाई मुद्दा लगाएर तीन महिनासम्म थुनामा राखिएको थियो।

प्रहरीमा ‘कोभर्ट’ अप्रेसन गर्दा अपनाइने विधि गत वर्ष भत्काउँदै महाशाखा प्रमुखसहितको टिमलाई हिरासतमा पुर्याइएयो। त्यसपछि कोभर्ट अनुसन्धानमा संलग्न हुने प्रहरी झस्किएका मात्र छैनन् कामको जिम्मेवारी लिन समेत छाडेका छन्। प्रहरीभित्र ‘कोभर्ट अप्रेसन’ आफैंमा जोखिमपूर्ण हुनाले कमै अधिकृतमात्र यस्तो जोखिम लिन तयार हुने गरेका छन्। जसका कारण ठूला मुद्दामा प्रहरीको असफलता कायमै रहने र फरार प्रतिवादी मात्रै पक्राउ पर्ने गरेका छन्।

३३ किलो सुन तस्करी प्रकरणलाई स्थापित गर्ने प्रहरी अधिकारीलाई नै मुद्दा लगाइएपछि केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरीहरूले चुनौतीको सामना गर्न छाडेका थिए। एसएसपी लोहनी उनका ब्याचमा ‘कोभर्ट’ अप्रेसनमा निकै जोखिम उठाउनसक्ने प्रहरी अधिकृतमध्ये एक हने खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।