१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

पशुपतिको मूल ढुकुटीमा के छ ?

पशुपतिको मूल ढुकुटीमा के छ ?
अ+ अ-

काठमाडौं । ‘पशुपतिको मूल ढुकुटी खोल्नुपर्‍यो। यसलाई बन्द गरी राख्नुभएन’, सांसद खिमलाल भट्टराईले भने, ‘यसभित्र के छ ? भएको सम्पत्ति सबै खरानी भयो कि बाँकी छ ? हेरौं त ।’

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा बिहीबार उनले राजनीतिक सहमति गरेर वा कानुनै बनाउनुपर्ने भए बनाएर पनि मूल ढुकुटी खोल्नुपर्ने बताए। उनी राष्ट्रियसभामा सत्तारुढ दलका प्रमुख सचेतक हुन्। उनले बन्द अवस्थामा रहेको मूल ढुकुटी खोल्ने वातावरण बनाउन पशुपति क्षेत्र विकास कोषलाई आग्रह गरे।

राष्ट्रियसभामा विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले मूल ढुकुटी नखोलिनुको कारण मागे। ‘ढुकुटी नखोल्ने कारण के हो ? ’, उनले भने, ‘धार्मिक मान्यता केही छ कि ? सर्वोच्च अदालतको आदेशक के हो ? ’ यसअघि ढुकुटी खोल्न खोज्दा सर्वोच्चले रोक लगाएको थियो। उनले पशुपतिको सम्पत्ति पारदर्शी हुनुपर्ने बताए। अन्य सांसदले पनि पशुपतिनाथ मन्दिरको ढुकुटीमा भएको सम्पत्तिमा चासो राखे। उनीहरूले ढुकुटी खोलेर त्यसको अवस्थाबारे सर्वसाधारणलाई जानकारी दिनुपर्ने बताए। सांसद बद्रीप्रसाद पाण्डेले ढुकुटीको अवस्था के छ भनी प्रश्न गरेका थिए।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले राष्ट्रिय विपत्ति आउँदा मात्रै मूल ढुकुटी खोलिने गरेको जवाफ दिए। उनका अनुसार दासप्रथा उन्मूलनको समयमा खोलिएको थियो। मुख्य मन्दिरको माथिल्लो तलामा ढुकुटी रहेको र त्यहाँ जो कोही जान नपाउने उनले सुनाए। ‘विशेष नायक मात्र मूल ढुकुटी भएको स्थानमा जान पाउँछन् तर उनीसँग साँचो हुँदैन’, उनले भने, ‘जोसँग साँचो हुन्छ ऊ जान पाउँदैन।’

उनका अनुसार भूकम्पपछि मन्दिरको अवस्थासमेत थाहा छैन। मूल मन्दिरको भौतिक अवस्थाको प्राविधिक जाँच हुनु आवश्यक रहेको उनले बताए। ‘मूल मन्दिरभित्रको स्वरूप कस्तो छ भनेर कसैलाई थाहा छैन’, उनले भने, ‘भूकम्पले के कस्तो क्षति पुर्‍याएको छ ? त्यसको प्राविधिक जाँच हुनुपर्छ।’ यसअघि भारतीयसहितको प्राविधिक टोलीले जाँच गर्न खोज्दा मूल मन्दिरमा प्रहार भएको भन्दै विरोध भएको थियो।

पशुपति क्षेत्रभित्र रहेको चर्चबारे पनि सांसदले चासो राखेका थिए। सांसद धना खतिवडाले यसबारे कुरा उठाएकी थिइन्। कोषको जग्गाभित्रै मसिनरी चर्च छ। सदस्यसचिव ढकालले कोषभन्दा पहिले चर्च स्थापना भएको जानकारी दिए। कोषले चर्च हटाउन नसक्ने उनको भनाइ थियो।

सांसद कोमल वलीले भने पाशुपत क्षेत्रमा गाँजा खुला गरिनुपर्ने बताइन्। गाँजा प्रतिबन्ध लगाएकोप्रति चासो राख्दै उनले भनिन्, ‘अन्य देशमा गाँजा छुट छ, यहाँ किन प्रतिबन्ध ? गाँजालाई रोक लगाउनुहुन्न।’ कोषले पशुपतिलाई दुव्र्यसनरहित क्षेत्र बनाउने उद्देश्यले गाँजा प्रतिबन्ध गरेको छ। शिवरात्रिलगायत पर्वमा पनि गाँजा सेवन गर्न रोक लगाइएको छ। ‘पशुपति क्षेत्रमा गाँजा, चरेस खान पाइँदैन’, ढकालले भने, ‘गाँजा, चरेसले युवालाई नकारात्मक दिशामा लगेको छ।’ शिवलाई गाँजा, भाङ, धतुरो चाहिन्छ भन्ने गलत भएको उनको भनाइ रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।