२४ भाद्र २०८३, बुधबार
,
Latest
ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडा प्रिमियर लिगमा सन्दीप र सोमपाल



अ+ अ-

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने र सोमपाल कामीले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग खेल्ने भएका छन् । बिहिबार राति भएको ड्राफ्टमा सन्दीपलाई टोरन्टो नेशनल टिमले अनुबन्ध गरेको हो ।

सन्दीपलाई टोरन्टोले ६० हजार अमेरिकी डलर खर्चिएको छ । सन्दीपको टोलीका भारतका चर्चित क्रिकेटर युवराज सिंह लगायत खेलाडी छन् । सन्दीपले गतबर्ष पनि ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए ।

उनले पाँच खेल खेल्दै आठ विकेट लिएका थिए । गतबर्ष सन्दीपलाई टाइगर्सले ४० हजार अमेरिकी डलरमा किनेको थियो । यसैगरी सोमपाल पहिलो पटक ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगको ड्राफ्टमा परेका हुन् ।

सोमपाललाई विनिपेग हक्सले न्युनतम तीन हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग आगमी जुलाई २५ देखि अगष्ट ११ तारिखसम्म सञ्चालन हुनेछ ।