१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

वर्षाका कारण बढ्यो बाढी र डुबानको खतरा, सतर्क रहन आग्रह

वर्षाका कारण बढ्यो बाढी र डुबानको खतरा, सतर्क रहन आग्रह
अ+ अ-

काठमाडौं । गत बिहीबारदेखि भित्रिएको मनसुनी प्रभावले मुलुकका केही भेगमा भारी वर्षासमेत शुरु भएको छ । चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा र आसपासमा भारी वर्षा जारी रहेकाले बाढीको प्रभाव समेत बढ्ने भएको छ ।

ती क्षेत्रमा शनिबार दिउँसोदेखि वर्षाको मात्रा बढेकाले नदी किनारा आसपासका भेगमा उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अग्रिम सूचना जारी गरेको छ । विभाग मातहतको बाढी पूर्वानुमान शाखाका सिनियर हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा आसपासमा भारी वर्षासँगै बाढीको उच्च सम्भावना बढेको छ ।

आइतबार चितवन र चितवनभन्दा पश्चिमतर्फका खोला नदी किनारामा सर्तकता अपनाउनुपर्ने बताउँदै उनले भने– ‘खास गरी चुरे आसपासबाट बहने खहरे र मध्यम प्रकृतिका खोला किनारामा बाढीको जोखिम निकै बढ्ने देखिएको छ ।’ चितवनको रिउ खोला र आसपासको भेगमा शनिबार दिउँसोदेखि वर्षाले खतराको तह पार गरेकाले सतर्क रहन आग्रह गर्दै सो भेग आसपासका स्थानीयलाई ‘मास एसएमएस’ पठाइएको पराजुलीले जानकारी दिएको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।