१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

अध्ययन खर्चका लागि बाख्रापालन

अध्ययन खर्चका लागि बाख्रापालन
अ+ अ-

सिन्धुपाल्चोक । लिशंखुपाखर गाउँपालिका–६, पेड्कुकी १५ वर्षीया स्वस्थानी भण्डारी विद्यालय समय अघि र पछि बाख्रालाई घाँस पानी गर्न व्यस्त हुन्छिन्।

बाबु आमा दुवैले छाडेकी कक्षा ९ मा अध्ययनरत स्वस्थानी मात्र हैन उनकी दिदीको पनि दैनिकी त्यही हो।

आर्थिक अभावले पढाइ छाड्नुपर्ने अवस्थामा पुगेका भण्डारी दिदीबहिनी बाख्रापालन सुरु गरेपछि पढाइलाई निरन्तरता दिन थालेका छन्।

बाबुले अर्की श्रीमती लिएर हिँडेपछि ४ वर्षकै उमेरमा आमाले पनि छाडेपछि वृद्ध हजुरवुबा र हजुरआमाको संरक्षणमा हुर्किरहेकालाई पढाइ खर्च जुटाउन हम्मे थियो।

‘बाबु आमा दुवै आफ्नो साथमा नभएपछि कापी कलम किन्ने पैसाले पिरोल्दो रहेछ’, स्वस्थानी भन्छिन्, ‘जब बाख्रापाल्न सुरु गर्‍यौं अहिले पढाइ खर्च जुटाउन सजिलो भएको छ, त्यसैले पढाइ छाड्नु परेन।’

पढाइ छाड्नै पर्ने अवस्थामा पुगेका भण्डारी दिदीबहिनीलाई गत साल ग्रामीण महिला सिर्जनशील परिवारले सुन्दर भविश्यका लागि सुन्दर बालापन कार्यक्रम अन्र्तगत २० हजार रुपैयाँ जीविकोपार्जन सहयोग गरेपछि उनीले बाख्रापालन सुरु गरेका हुन्। गत वर्ष सुरु गरेको बाख्रापालनबाट आम्दानी हुन थालेपछि आफूहरूको पढाइ खर्च जुटाउन सहज भएको स्वस्थानी बताउँछिन्।

‘आमा कता हो थाहा नै छैन, बाबा भए पनि घरमै आउनु हुन्न काम गर्नै नसक्ने हजुर बा हजुरआमाले कसरी खर्च धान्न सक्नु’, स्वस्थानीले भनिन्, ‘अहिले बोका खसी बेचेर आएको पैसाले खर्च पुर्‍याउने गरेका छौं।’

६८ वर्षीया मिठूमाया गुरुङको पीडा पनि स्वस्थानीको भन्दा कम छैन। उनका ९ र ७ कक्षामा पढ्ने नातिनीलाई पनि पढाउन नसक्ने अवस्थामा पुगेपछि सिर्जनशीलको जीविकोपार्जन सहयोग नै वरदान सावित भएको छ।

आमाले छाडेको र बाबुले अर्की श्रीमती ल्याएर काठमाडौं बस्न थालेपछि नातिनीको भविश्य अन्धकार देखेकी मिठूमायालाई बाख्रापालन सुरु गरेपछि केही राहत महसुस भएको छ।

प्यारालाइसिस भएर हलचल गर्न नसक्ने श्रीमानको औषधि र दुई सन्तानको पढाइ खर्च जुटाउन हम्मे परेको बताउने सिर्जना गुरुङ पनि सिर्जनशीलको सहयोगले आफूलाई राहत पुगेको बताउन थालेकी छन्। २० हजार सहयोग लिएर बाख्रापालन सुरु गरेकी सिर्जनाले दुई बोका बेचेर १९ हजार आम्दानी गरिसकेकी समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।