१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक

पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक
अ+ अ-

काठमाडौं । राम्रो काम लगाइदिन्छु भन्ने दलालको पछि लागेर गएका पाँचजना दलित किशोरलाई मुम्बईमा बन्धक बनाइएको छ ।

सिरहाका दुई, सप्तरीका दुई र उदयपुरका एक किशोरलाई बन्धक बनाइएको हो । यसरी बन्धक बनाइएकामा लहान–१५ लग्राहाका राजकुमार सदायका छोरा १६ वर्षीय सरोज सदाय र १४ वर्षीय विजय सदाय, सप्तरी प्रीतमपुरका १५ वर्षीय ललकु सदाय र १४ वर्षीय प्रमोद सदाय तथा उदयपुर गाईघाटका १५ वर्षीय अक्षय सदाय छन् ।

उनीहरूलाई पछिल्लो नौ महिनादेखि परिवारसँग कुरासमेत गर्न नदिएको मुम्बईमा बन्धक परेर फर्किएकामध्येका ३३ वर्षीय जितन सदायले बताए । मुम्बई पुगेको एक महिनामै भागेर फर्किएका उनी लग्राहाकै हुन् । जितनसहित चारजना असोजमै मुम्बईबाट भागेर घर आइपुगेका थिए । तर, उनीहरूसँगै गएका पाँचजना अझै मुम्बईमै बन्धक छन् ।

उनीहरूलाई मुम्बई पुर्‍याएका थिए, लहान–१३ सरस्वती गाउँका करिब ४० वर्षीय रवि महतोले । महतोले गत १० भदौमा राम्रो काम लगाइदिन्छु भन्दै नौजनालाई मुम्बई लिएर गएका थिए । तर, मुम्बई पुगेपछि महतोले उनीहरूलाई भारतीय दलालको जिम्मा लगाएका थिए । आफू भने मोटो रकम लिएर फर्केका थिए । त्यसयता महतो लहानमै छन् । उनीमाथि उजुरी परे पनि कानुनी कारबाहीको प्रक्रियासमेत सुरु भएको छैन ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रवि महतोविरुद्ध प्रहरीमा उजुरी परेको बताए । भारतमा फसेका किशोरका सम्बन्धित परिवारले मौखिक उजुरी दिएका आधारमा महतोलाई निगरानीमा राखिएको उनको भनाइ छ ।

‘ठेकेदारका रूपमा दलित किशोरलाई भारतमा पुर्याउने काम गर्दै आएका रविलाई नै उनीहरूलाई नेपाल फर्काउन लगाउँछौँ,’ रिजालले भने, ‘दुई साताभित्र पाँचजना किशोरलाई फर्काउन भनेका छौँ ।’ फसेका किशोर उद्धार नभइन्जेल कानुनी कारबाही गर्दा उद्धारमा अझ जटिलता आउने देखेर महतोलाई निगरानीमा राखिएको उनले बताए ।

मुम्बईमा आफूहरूलाई ‘दाससरह’ काममा जोताइएको र परिवारसँग सम्पर्क गर्न नदिइएको भागेर फर्केका जितन सदायले बताए । आफूहरूलाई ट्रकबाट ल्याइएको सामान अनलोड गर्न लगाइएको उनको भनाइ छ ।

‘बिहान ५ बजेदेखि मध्यरातसम्म काममा जोताइयो,’ उनले भने, ‘खान पनि राम्रोसँग दिइएन ।’ उनले ज्यान बचाउनकै लागि आफूहरू भागेको पनि बताए । ‘तीन महिनाकी गर्भवती श्रीमतीसहित दुई छोरीहरूलाई घरमा छोडेर गएको थिएँ, राम्ररी खानसमेत नदिई काममा जोताउन थालेपछि असोजमै हामी भाग्यौँ,’ उनले भने, ‘रेलको टिकट काट्ने पैसा नहुँदा दुई दिन ट्रकमा लुकेर आयौँ ।’, हामीले यो खबर नयाँ पत्रिका दैनिकवाट लिएको हौ ।