१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकीएन राजधानीमा सुई आतंक, एक सातामा ५ महिलाले दिए उजुरी



अ+ अ-

काठमाडौं । अज्ञात व्यक्तिले सुईजस्तै तिखो चीजले आफूलाई घोचेको भन्दै पछिल्लो एक सातामा पाँच महिलाले उजुरी दिएका छन्।प्रहरीका अनुसार सबैजसो घटना कालीमाटी ढल्लु क्षेत्रमा राती ९ देखि १० बजेको अबधिमा भएको छ ।

पाँचैवटा घटनामा पैदल हिँडिरहेका बेला मोटरसाईकलमा आएका अज्ञात व्यक्तिले सुईजस्तै तिखो बस्तुले घोच्ने र फरार हुने समान प्रवृत्ति देखिन्छ।सुईजस्तै बस्तुले घोचिएका भनिएका युवतीमध्ये तीन जना स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुमा समेत पुगेका छन्।

अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले अहिलेसम्म केले घोचिएको हो भन्ने निष्कर्ष ननिस्किएको बताए। महानगररिय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीका अनुसार नयाँ घटना बाहिर आउन थालेपछि पुराना घटना पनि प्रहरीमा आउन थालेका छन्।

स्वयम्भू वृत्तमा जेठ २० र २९ गते भएको घटनालाई लिएर भर्खरै उजुरी परेको छ। एक युवतीले आफू श्रीमानसँग हिँडिरहेको बेला मोटरसाईकलमा आएको मान्छेले सुईजस्तै तिखो चीजले घोचेर बेपत्ता भएको प्रहरीलाई बताएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।