१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेलवारे चिनले भन्यो : ‘नेपालका नेताहरु कुरा धेरै गर्छन्, काम गर्दैनन्’



अ+ अ-

काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीप्रति चीनले असन्तुष्टि जनाएको छ।

केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लगि चिनियाँ राजदूत होउ याङ्चीले पनि यस्तै आशयको धारणा सार्वजनिक गरेकी थिइन्। उनको आबयसँग मेल खानेगरी चिनियाँ पक्षले बेइजिङमा नेपाली प्रतिनिधि मण्डलसामु असन्तुष्टि जनाएको हो।

नेपाल–चीन रेलमार्ग सहयोगसम्बन्धी चौथो द्विपक्षीय सचिवस्तरीय वार्तामा पनि यस्तो दृश्य देखिएपछि नेपाली पक्ष मिडियासँग बोल्न हच्किएको थियो। ‘चिनियाँ पक्षको असन्तुष्टि बुझेरै हुन सक्छ, नेपालका कुनै पनि सदस्यले मिडियासँग प्रतिक्रिया जनाउन चाहेनन्’, स्रोतले भन्यो, ‘सायद चिनियाँहरू यो विषयमा निकै संवेदशील भएको नेपाली टोलीले महसुस गरेको हुनसक्छ।’

नेपालका मिडियामा चिनियाँ रेलबारे एकदमै ‘हाइलाइट’ भएका खबर चिनियाँ सञ्चारमाध्यममा अनुवाद गरी छापिएका थिए। कामभन्दा कुरा बढी भइरहेकाप्रति चीनले मौखिक असन्तुष्टि जनाएको स्रोतको दाबी छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ।