१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक बनाउने बहानामा ढुंगा बिक्री



अ+ अ-

काठमाडौं । थानकोटबाट मकवानपुरको चित्लाङ जोड्ने सडक स्तरोन्नति क्रममा कानुनविपरीत वन क्षेत्रमा अत्यधिक दोहन गरिएको छ । थानकोटको गोदामदेखि चित्लाङसम्मको ६ किलोमिटर कच्ची सडकलाई स्तरोन्नति गर्ने क्रममा आवश्यकभन्दा बढी वन विनाश गरिएको हो ।

वातावरणीय पक्ष ख्यालै नगरी भीरमा जथाभावी डोजर चलाउँदा उक्त क्षेत्रमा पहिरोको जोखिम बढेको छ । मनसुन सुरु भइसकेकाले वर्षात्मा त्यहाँबाट बग्ने ढुंगा, माटो र गेग्रानले तल्लो क्षेत्रका बस्तीमा असर पुर्‍याउने भयले स्थानीय त्रस्त छन् ।

किरातेश्वर कन्स्ट्रक्सन ड्रिलिङ कम्पनी प्रालिले थानकोट–चित्लाङ सडक स्तरोन्नति गर्ने ठेक्का पाएको हो । सडक ९ मिटर चौडा गरिँदै छ । शनिबार त्यहाँ डोजर र स्काभेटर प्रयोग गरी बढी नै ढुंगा निकालिएको देखियो । ‘स्तरोन्नति गर्ने बहानामा ठेकेदारले दोहोरो फाइदा लिएका छन्,’ एक स्थानीयले कान्तिपुरसित भने, ‘बाटो खन्ने क्रममा निक्लिएका ढुंगा उनीहरूलाई फाइदा हो ।’, समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।