२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : श्रीलंका व्याडीङ चलिरहदा खेलाडीहरु मैदानमै सुत्न बाध्य



अ+ अ-

काठमाडौं । इङ्ल्याण्डमा जारी विश्वकप क्रिकेटमा शुक्रबार श्रीलंका र दक्षिण अफ्रिकाबीच भएको खेलमा अनौठो दृश्य देखियो ।

मैदानमा हजारौँको संख्यामा मौरी प्रवेश गरेपछि खेल नै केही बेर रोक्नुपरेको थियो ।

यो घटना श्रीलंकाको पारीको दौरान ४८ औँ ओभरमा भएको थियो । त्यतिबेला श्रीलंको स्कोर ८ विकेटको क्षतिमा १९४ रन थियो ।

मौरीका कारण खेल करिब १० मिनेट रोक्नुपरेको थियो ।

मैदानमा मौरी प्रवेश गरेपछि अम्पायर र खेलाडीहरु मैदानमा नै सुत्न बाध्य भएका थिए ।

यस्तो घटना पहिले पनि भएको थियो

दुई टोलीबीच खेल हुँदा यसरी मैदानमा मौरी प्रवेश गरेको पहिलो पटक भने होइन । सन् २०१७ मा दुई टोलीबीच जोहानिसबर्गमा भएको एकदिवसीय खेलमा हजारौँको संख्यामा मौरी मैदानमा प्रवेश गरेका थिए ।

यसले गर्दा करिब १ घण्टासम्म खेल रोक्नुपरेको थियो ।