१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु



अ+ अ-

बुटवल । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही १९ सैघा निवासी २३ वर्षीय शिवराज पुन रहेका छन् । पुन बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपता भएका भएका थिए ।

आईतबार साँझ ८ बजेतिर साथिहरुसँग पौडी खेल्न गएका उनको शवलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले सोमबार साढे ११ बजेतिर बबई नदीमा बनेको रहबाट बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदबिक्रम शाहले बताएका छन् । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।