१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु



अ+ अ-

बुटवल । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही १९ सैघा निवासी २३ वर्षीय शिवराज पुन रहेका छन् । पुन बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपता भएका भएका थिए ।

आईतबार साँझ ८ बजेतिर साथिहरुसँग पौडी खेल्न गएका उनको शवलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले सोमबार साढे ११ बजेतिर बबई नदीमा बनेको रहबाट बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदबिक्रम शाहले बताएका छन् । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।