३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय
अ+ अ-

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोगका लागि तत्काल रु पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

सङ्घको आकस्मिक बैठक बसी सबै पदाधिकारी, एनसीसी तथा अभियन्ताहरूसँग छलफल गरी एनआरएनएका अध्यक्ष डा हेमराज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितको लागि राहत तथा उद्धार’ मूल समिति गठन गर्ने निर्णय गरेको बैठकले आर्थिक सहयोग सङ्कलनका लागि कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको हो ।

स्वयंसेवक परिचालनका लागि उपाध्यक्ष मनोज गोर्खालीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरेको बैठकले एनसीसी परिचालनका लागि महासचिव डा चिरञ्जीवी खड्काको संयोजकत्वमा क्षेत्रीय संयोजकसमेत रहने गरी एनसिसी परिचालन समिति गठन गर्ने र विपद् व्यवस्थापन समिति र सम्बन्धित निकायसँग समन्वय गर्न प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

प्रभावित क्षेत्रमा आवश्यक मेडिकल तथा स्वयंसेवक टोलीलाई तत्काल परिचालन गर्ने, सम्पूर्ण एनआरएनएका पदाधिकारी तथा सदस्यहरूलाई उद्धार तथा राहत कार्यमा स्वयंसेवकका रूपमा सहभागी हुन अपिल गर्ने, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा पनि आइसिसीमा गठन गरिएझैँ समिति गठन गरि तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक आर्थिक सहयोग जुटाउन निर्देशन दिने बैठकले निर्णय गरेको जनाइएको छ ।

सरकारको संयन्त्रमार्फत उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहकार्य गर्न एनआरएनए तयार तथा प्रतिबद्ध रहेको निर्णय गर्दै बैठकले सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनेलगायत निर्णय गरेको महासचिव डा चिरञ्जीवी खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विपद्मा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सङ्घले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते र प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

विपद्को घडीमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकतामा राख्न सरकार, स्थानीय निकाय तथा सरोकारवालालाई सङ्घले आग्रह गरेको छ । रासस