११ असार २०८३, बिहीबार
,
Latest
महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पपुवा न्यु गिनीमा ज्वालामुखी विस्फोटका कारण विस्थापित



अ+ अ-

सिड्नी । पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मरेपले गत हप्ता भएका दुई ओटा ज्वालामुखी विस्फोटमा परेका पीडित परिवारको सहयोगका लागि आह्वान गरेका छन् । माउन्ट उलावुननजिकै भएको यस ज्वालामुखी विस्फोटबाट प्रभावित इलाकाको भ्रमण पश्चात प्रधानमन्त्री जेम्सले सो सहयोगको आवश्कता परेको बताए ।

वेस्ट न्यु ब्रिटेन प्रान्तको माउन्ट उलावुनमा गत बुधबार ज्वालामुखी विस्फोट भएपछि त्यस आसपासका १० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । उनीहरुलाई प्रभावित क्षेत्रबाट २० किलोमिटर टाढा सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । माउन्ट उलावुन विस्फोटको ४८ घण्टा भन्दा कम समयमा नै मदाङ प्रान्तमा रहेको मनाम द्वीपमा पनि ज्वालामुखी विस्फोट भएको थियो ।

पपुवा न्यु गिनी रेडक्रस सोसाइटीले ज्वालामुखी विस्फोटका कारण १५ हजारभन्दा बढी व्यक्ति प्रभावित भएको र उनीहरुलाई वासस्थान र अन्य मानवीय सहायता आवश्य परेको जनाएको छ ।