२५ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’ सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’ सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुले दाइको गितमा सन्नी र सुमीको छमछमी



अ+ अ-

आगामी कात्तिक २२ गते रिलिजमा ल्याउने लक्ष्य राखिएको फिल्म सरौतोको पहिलो गीत कुले दाइ राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। लोक शैलीको गीतमा राजनराज शिवाकोटीको शब्द रचना, संगीत र स्वर रहेको छ। राजनराजलाई मिलन नेवारले साथ दिएकी छिन् ।

गीतको भिडियोमा सुमी मोक्तान र अभिनेता सन्नी सिंह फिचर्ड छन् । चलचित्रमा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की लगायतको अभिनय रहेको छ । पराकर्म पीजेबी राणा र सम्पदा दाहाल दुलाहादुलही बनेका छन्। छायांकन क्षेत्रमा नाम बनाएपछि निर्देशनमा हात हालेका हरी हुमागाईंको डेब्यु निर्देशनमा निर्माणाधीन फिल्मको गीतबाट सुमी निकै आशावादी छिन्। यसै फिल्ममार्फत कोरियोग्राफीमा डेब्यु पाएकी निलिशा शाक्य पनि आशावादी छिन्।

वीराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ फिल्म्स् एन्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माणाधीन फिल्ममा सन्नी र सुमीसँगै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरूणा कार्की, सुवाङम शाह, लियो ट्यांक, मनीषा पुन मगर, प्रतीक दुलाल, राजेश रोय, मनोज तामाङलगायतले अभिनय गरेका छन् भने राघव कृष्ण गौतमको लेखन, राजनराज शिवाकोटी, पुष्पन प्रधान र कमल खत्रीको संगीत, राजनराज, पुष्पन र कमलसँगै मिलन नेवार र श्रेया सोताङको स्वर, शंकर महर्जनको एक्सन, उत्तम हुमागाईंको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

https://www.youtube.com/watch?v=0CuaNAnyAfs