२० मंसिर २०८२, शनिबार
,
Latest
विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन नेप्से परिसूचक उच्च अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिन थालेपछि लगातार ओरालो लागेको नेप्से परिसूचक साताको पहिलो दिन आइतबार समेत ओरालो लाग्दा दुई हजार ३०० को बिन्दुमा झरेको छ । आजसम्म आइपुग्दा बजार झण्डै एक हजार अङ्कले घटेको छ । यस्तै बजार पूँजीकरण समेत झण्डै रु ११ खर्बले घटेको छ ।
 
साताको पहिलो दिन नै सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक झण्डै ८९ अङ्कले ओरालो लागेको हो । बजारले ‘बियरिस टे«ण्ड’ समातेको भन्दै यस्तो बेला नआत्तिइकन लगानी गर्न जानकारहरूले सुझाव दिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ८८.७० अङ्कले ओरालो लागेर दुई हजार ३६१.२७ अङ्कमा झरेको छ । यो पछिल्ला दिन मध्येको सबैभन्दा न्यून बिन्दु हो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५.१५ अङ्कले आरोलो लागेर ४५०.०८ अङ्कमा ओर्लिएको छ ।
 
नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत सस्तोमा समेटिएको छ । कूल २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता सेयर रु तीन अर्ब ३८ करोड २५ लाख ९ हजार ५२० मूल्यमा खरिद बिक्री भए ।
 
कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेर तल्लो बिन्दुमा झरेको छ । नेप्सेका अनुसार  बैंकिङ ४४.५३, व्यापार १८९.२५, होटल तथा पर्यटन ८७.२६, विकास बैंक २८१.७९, जलविद्युत् १२४.९६, वित्त १००.२७, निर्जीवन बीमा ४९०.१२, उत्पादन १८६.६८, अन्य ६३.०४, लघुवित्त १७५.६३, जीवन बीमा ५०७.६१, सामूहिक लगानी कोष ०.२ र लगानी ३.१५ अङ्कले ओरालो लागेका छन् ।
 
कारोबारका आधारमा मञ्जश्री फाइनान्स शीर्ष स्थानमा रह्यो । सो बैंकको रु ३१ करोड २८ लाख ८३ हजार १९१ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु १३ करोड ६३ लाख ७९ हजार ८६७, नबिल बैंक रु ११ करोड ५९ लाख ५२२, महालक्ष्मी विकास बैंक रु आठ करोड २६ लाख १२ हजार ४५३ र अपि पावर कम्पनी रु सात करोड ४ लाख ८३ हजार ८८० बराबरको कारोबार भयो ।
 
युनिलिभर नेपाल २, स्वाभिमान लघुवित्त २, नारायणी डेभलपमेन्ट बैंक १.४६, गुडविल फाइनान्सको डिवेञ्चर १.३५ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले १.१५ प्रतिशतले कमाए । नयाँ सारथी लघुवित्त १०, लक्ष्मी इक्विटी फण्ड ९.६२, जानकी फाइनान्स ९.१७, नेपाल हाइड्रो डेभलपर ९.०५ र समता घरेलु लघुवित्तको सेयर ८.९६ प्रतिशतले घट्यो । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब १९ अर्ब ६४ करोड ९८ लाख २३ हजार ९१६ बराबर पुगेको छ । (रासस)