११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

सिंहदरबारको मुलढोकामै लेन उल्लङ्घन

सिंहदरबारको मुलढोकामै लेन उल्लङ्घन
अ अ+ अ-

काठमाडौं । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि कानूनको उल्लङ्घन गर्ने तथा नियमपालना नगर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न प्रहरी सक्रिय भएको छ ।

भन्द्रकाली मन्दिरतर्फबाट सिंहदरबार पश्चिम मुलद्वार पृथ्वीनारायण शाहको सालिक हुँदै राम शाहपथतर्फ मोडिने सवारी चालकले सडक अनुशासन (लेन) उल्लङ्घन गरेमा जरीवाना गर्ने कार्यलाई प्रहरीले तीव्र तुल्याएको हो ।

सिंहदरबारको मुलढोकामै सवारी चालकको नाममा हुने कानून उल्लङ्घनलाई नियन्त्रण गर्न साँझ बिहान मात्र होइन, तातो घाममा छातीमा क्यामेरा भिरेका तथा हातमा जरिवाना गर्ने रातो रसिद बोेकेर खडा भएका प्रहरी देखिन्छन् ।

लेन क्रम गरे÷नगरेको केहीले चियो गर्छन् भने केहीले उल्लङ्घन गरेर भाग्न खोज्नेलाई नियन्त्रणमा लिएर जरिवानाको रसिद बोक्ने नेर पुर्याइ दिने गरेको देखिन्छ । सधैँ जसो जाम हुने उक्त ठाँउमा पछिल्लो समय सार्वजनिक विदाको दिनबाहेक दैनिकरुपमा सडक लेन उल्लङ्घन गर्ने करीब १५० सवारी साधनका चालकलाई कारवाही गरिँदै आएको महानगरीय ट्राफिक महाशाखाको तथ्याङ्कले पुष्टि गरेको छ ।

शुक्रबार उपत्यकामा सडक लेन उल्लङ्घन गर्ने २७४ सवारी साधनमध्ये १५० सिंहदरबार अगाडि कारवाहीमा परेका हुन् । अघि पछिको तुलनामा बढी जाम हुने बिहान ९ देखि ११ र बेलुकी ४ देखि ६ बजेको बीचमा सडक नियम उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिने निकै चियो गरेर प्रहरी उभिएको त्यहाँ देखिन्छ । उक्त समयमा त्यहाँ छ/सात जनाको सङ्ख्यामा प्रहरी खट्ने गरेको पाइन्छ ।

सडक लेन उल्लङ्घन गर्ने सवारी साधनलाई रु ५०० जरिवाना गरिँदै आएको छ । सडक लेन उल्लङ्घन गर्नेमा मोटर साइकल चालकको सङ्ख्या अधिक अर्थात् ९० प्रतिशतभन्दा रहेको तथ्याङ्कले देखाएको छ ।

सडक अनुशासनलाई बेवास्ता गरी अरुलाई पछिपार्दै सवारी साधन हुइक्याउने शिक्षित युवापुस्ता नै ट्राफिक प्रहरी कार्यालय पुगेर जरिवाना बुझाउने सूचिमा अग्रस्थानमा छन् । सिंदरबारपछि सडक लेन उल्लङ्घन गर्नेबाट जरिवाना असुल्ने चोक भनेको थापाथली, बानेश्वर, त्रिपुरेश्वर, महाराजगञ्ज, कोटेश्वर, माइतीघर, कलङ्की, पुतली सडक हुन् ।

जानेर होस् वा नजानेर चालकले सडक अनुशासनमा रहनुपर्छ भन्ने कुरालाई हेक्का नगरी छिटो अघि बढ्न खोज्दा कारवाहीको दायरामा पर्ने गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिनुभयो ।

सडक अनुशासन उल्लङ्घन गर्ने र नियन्त्रणमा लिने बसेको प्रहरीबीच सिंहदरबार अगाडि पैदल यात्रुले बाटो काट्ने स्थान (जेब्रा क्रसिङ नजिक) सधैँजसो वादविवाद भइरहेको देखिन्छ । कतिपय चालक भने प्रहरीले भत्ता पाउने आशाले अनाश्वयक रुपमा दुःख दिने काम गरेको भनी आक्रोश व्यक्त गरेको पाइयो ।

महाशाखाले सडक लेन पहिलो पटक उल्लङ्घन गर्ने चालकलाई ५००, दोस्रो पटक गर्नेलाई एक हजार र तेस्रो पटक गर्नेलाई एक हजार ५०० जरिवाना गर्दै आएको छ । यसअघि त्यस प्रहरीले सडक लेन उल्लङ्घन गर्ने चालक एवं सर्वसाधारणलाई जुन ठाउँमा लेनको अवज्ञा गरेको हो त्यही एक घन्टा नियन्त्रणमा लिई सडक अनुशासन पालनाबारे ज्ञान दिने कार्यक्रम सञ्चालन गरेको थियो । विशिष्ट व्यक्तिको नाममा कतिपयले सडक लेनको पालना त परै जाओस्, प्रवेश निषेध भनी लेखिएको बोर्डको बेवास्ता गरेर ‘साइरन’ दिँदै मोटर हुँइक्याउने प्रवृत्तिलाई आम जनताले मन अपराएको देखिन्न । उनीहरुले कानूनी राज्यको दुरुपयोग भएको रुपमा लिएका छन् ।

प्रहरीको पछिल्लो सक्रियाताले कम्तिमा पनि मुलूकको प्रशासनिक प्रमुख केन्द्रकै ढोका अगाडि पृथ्वीनारायण शाहले औँला ठड्याएको सालिक र भद्रकाली क्षेत्रमा कानूनको परिपालनामा योगदान पुग्ने विश्वास गरिएको छ ।