७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघको प्रदर्शन : ‘जनतालाई विष खुवाउन पाइँदैन’



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । भारत र तेस्रो मुलुकबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो ।

नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्ले नेता सुशील भट्टलगायतको अगुवाइमा प्रदर्शनमार्गस्थित बाल्मिकी क्याम्पसबाट सुरु भएको विरोध र्याली पुतली सडकमा पुगेर समापन भएको थियो ।

भारतीय दबावमा विषादी परीक्षण रोकेको भन्दै नेविसंले सरकार जनताको पक्षमा टिक्न नसकेको आरोप लगाएको छ । र्‍यालीसहितको प्रदर्शनमा नेविसंघले ‘जनतालाई विष खुवाउन पाइँदैन’ लगायतका नारा लगाएको थियो ।

नेविसंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका युवा नेता सुशील भट्टले सरकारले भारतीय विषालु तरकारी तथा फलफूल बिना जाँच नेपाल आयात गर्न दिएर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको आरोप लगाए ।

सरकारले असार १९ गते विहिबार मन्त्रीपरिषद् बैठकबाट भारतबाट नेपाल आयात हुने फलफूल तथा तरकारीमा प्रयोग भएको विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको विरोध हुदै आएको छ ।

असार २ गते राजपत्रमा प्रकाशित गरी आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले असार १९ गते विहिबार मन्त्रीपरिषद् बैठकबाट आफ्नै निर्णय उल्टाउँदै तत्कालका लागि भारतबाट नेपाल आयात हुने फलफूल तथा तरकारीमा प्रयोग भएको विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुँदै आएको छ ।

कालीमाटी बजारमा आउने तरकारी तथा फलफूल ४० प्रतिशत भारतबाटै आउँछ । बाँकी ६० प्रतिशत बजार स्थानीय उत्पादनले ओगटेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा २६ अर्ब ४६ कोड ७५ लाख रूपैयाँ बराबरको तरकारी र १७ अर्ब ३ करोड ९६ लाखको फलफूल आयात भएको छ भने नेपालबाट यही अवधिमा १ अर्ब २२ करोड ९९ लाख बराबरको मात्र तरकारी तथा फलफूल निर्यात भएको रेकर्ड छ ।