११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

गोरखापत्रमा कार्यरत आदिवासी जनजाति पत्रकार महासंघका सदस्यमाथि हातपात

गोरखापत्रमा कार्यरत आदिवासी जनजाति पत्रकार महासंघका सदस्यमाथि हातपात
अ अ+ अ-

काठमाडौं । गोरखापत्र दैनिकमा कार्यरत तामाङ पत्रकार संघका पूर्वसचिव एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का सदस्य शान्ति लामामाथि हातपात गरिएको छ ।

शनिबार बिहान काठमाडौंको कीर्तिपुर नगरपालिका–५ स्थित भत्केकोपाटी जाखामा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी स्थलगत रिपोर्टिङ गर्न गएका लामामाथि एक समूहले दुव्र्यवहार एवं आक्रमण प्रयास गरेका थिए । सार्वजनिक कुवा, गोरेटो बाटो र खानेपानीको लाइन मिचेर बनाइएको घरको केही भाग स्थानीयबासीको एक समूहले भत्काउँदै गरेको तस्बिर खिच्दै गर्दा पत्रकार लामामाथि दुव्र्यवहार भएको हो । तस्बिर खिच्न प्रयोग गरिएकोे मोबाइल जबर्जस्ती खोसि भौतिक आक्रमण गर्ने उद्देश्यले लछारपछार गरिएको थियो ।

फोनिजको आज प्रेस विज्ञप्ती गर्दै निर्वाध रुपमा समाचार संकलन गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने यसप्रकारको प्रेस स्वतन्त्राता विरोधी हर्कतको घोर भ्रत्सना गरेको जनाएको छ । उक्त घटनामा संलग्नलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्न र स्वतन्त्र रुपमा बिनाअवरोध समाचार संकलन गर्न पाउने अधिकार सुनिश्चिततासहित पत्रकारका लागि सुरक्षाको प्रत्याभूति गर्न विज्ञप्तीमा सरकारसँग माग गरिएको छ ।

यसैगरी नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष राजन कार्कीमाथि शनिबार राति सादा पोषाकमा रहेका प्रहरीहरुले कुटपिट गरेको घटनाप्रति फोनिजको ध्यानाकर्षण भएको सचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

उक्त विज्ञप्तीमा कुटपिटको घोर निन्दा गर्दै घटनामा संलग्नहरुलाई कारबाही गर्न मागका साथै घाइते कार्कीको पूर्ण स्वास्थ्य लाभको कामना गरेको उल्लेख गरिएको छ ।