११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

सांसदले उठाएका विषयलाई गम्भीर रुपमा लिइएन: खाँण

सांसदले उठाएका विषयलाई गम्भीर रुपमा लिइएन: खाँण
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सांसदले उठाएका विषयलाई सरकारले गम्भीररूपमा नलिएको भनी आपत्ति जनाएका छन् ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठक शुरु गर्नेबित्तिकै काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदले उठेर विरोध जनाएपछि बोल्न समय पाएका सांसद खाँणले व्यवस्थापिकामा दलका प्रतिनिधिले बोलेका कुरालाई कार्यपालिकाले गम्भीरताका साथ नलिएको र सभामुखले गरेको रुलिङलाई बेवास्ता गरेको बताए ।

खाँणले सरकारले लम्पसार परेको हो भन्दै प्रतिप्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार विशेष समयमा बोल्दै नेता खाँणले सरकारले विषादीयुक्त तरकारीहरू भन्सारबाट आउन नदिने निर्णय गरेको केही दिनमै लम्पसार परेर फिर्ता गरेको आरोप लगाए ।

उनले सरकारले लम्पसारवादी नीतिलाई अगाडी बढाएको आरोप लगाए। भने, शक्तिहरूको सामु सरकार निरीह र लम्पसार बनेको छ।

“अखाद्य तरकारी रोक लगाउने सरकारले गरेको निर्णयको हामीले स्वागत ग¥यौँ तर सकारले घुँडा टेकेको छ, सरकार लम्पसार परेको छ, खाद्य सुरक्षासम्बन्धी हक, जीवन रक्षा गर्न पाउने अधिकारको रक्षा होस्, हिजो किन रोकियो, परीक्षण नगरी किन फेरि सहजतापूर्वक खोलियो, यो गम्भीर विषय भएकाले तत्काल सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ”, उनले भने । संविधानमा खाद्य सुरक्षाको अधिकार उल्लेख भए अनुसार सरकारले अखाद्य वस्तुको नियन्त्रण गर्ने कदमलाई आफूहरुले समर्थन गरे पनि उक्त निर्णय केही दिनमै सरकार लम्पसार परेर फिर्ता लिएको नेता खाँणको भनाइ छ। उनले सरकारले नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गरेको र यसले गम्भीर स्वास्थ्य चिन्ह खडा गरेको बताए।

नेता खाँणले अखाद्य पदार्थहरु छ्याछ्याप्ती भएको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण गराए। उनले भने,ुकिन घुँडा टेकेर रोकेको कुरा खोल्नुभयो? सरकारले यसको जवाफ दिनुपर्छ।

उनले संविधान प्रतिकल हुने गरी कुनै पनि विधेयक आफ्नो पार्टीले बन्न नदिने बताए। उनले सरकारले संविधान प्रतिकल अघि बढाएका विधेयकहरु फिर्ता गर्नुपर्ने नबताए।

सर्लाही घटनामा छानबिन आयोग गठन माग

सांसद प्रमोद साहले मानिसलाई समाती हात गोडा बाँधेर गोली हान्ने घटना भएको बताए। यही असार १४ गते सर्लाही क्षेत्र नं. १ स्थित बाँके खोलामा परी जीवन गुमाएका बालकको डोरी ल्याएर निकाल्नू भनी जिल्लाका प्रहरी प्रमुख पाँच मिनेटमा हिँडेको घटना आपत्तिजनक छ भने ।

सांसद साहले बाँके खोलामा पाँच क्रसर यन्त्र राखी वातावरणीय अध्ययन नगरी प्रहरी प्रशासनको मिलेमतोमा अवैधरूपमा बालुवा, गिटीलगायत नदीजन्य सामग्री उत्खनन् भइरहेको बताए । अवैधरूपमा भइरहेको कामले बनेको खाडल पानी र बालुवाले पुरिए पनि बालक खेल्दै जाने क्रममा डुबेर मरेको घटनामा प्रहरी प्रशासनको गैरजिम्मेवारीको सीमा नाघेको यो घटनाबाट देखिएको सांसद साहले तर्क दिए । प्रहरीका उच्च अधिकारीलाई यस विषयमा जानकारी गराउँदा तल्लो तहका कर्मचारीलाई फोन उठाउन लगाएको उनले बताए।

न्याय माग्न शव लिएर राजमार्ग पुगेका स्थानीयवासीमाथि पालभित्र छिरेर लाठीचार्ज गरी दमन गरिएको बताउँदै उहाँले यस सम्बन्धमा आयोग गठन गरेर छानबिन गर्न माग गरे । संविधान विपरीत आएका विधेयक फिर्ता लिन, विषादीयुक्त तरकारीको आयात रोक्न, पूर्वन्यायाधीश गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि उनले माग गरे । गृहमन्त्रीको जवाफ नआएसम्म संसद्मा उभिएर विरोध गरिने चेतावनी उनले दिए । यस विषयमा सभामुख महराले संसद्को अर्को बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरे ।