७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानको नियन्त्रणमा रहेका ४० प्रहरी मुक्त



अ+ अ-

सिबरगञ्ज । अफगानिस्तानमा सशस्त्र हिंसा मच्चाइरहेको तालिबान लडाकू समूहले आफ्नो नियन्त्रणमा राखेका करिब ४० जना अफगान सुरक्षाकर्मीलाई सोमबार मुक्त गरिदिएका छन् ।

ती सुरक्षाकर्मीलाई नियन्त्रणमुक्त गर्ने तयारी उनीहरुले बिहान गरेको र अहिले मुक्त भएपछि उक्त क्षेत्रको सैनिक क्याम्पमा पुगेको जानकारी अफगानिस्तानको उत्तरी प्रान्त जवाजानका सैनिक प्रवक्ताले दिएका हुन् ।

उत्तरी सो प्रान्त जवाजानमा तालिबानहरुले नियन्त्रणमा राखेका ती सुरक्षाकर्मीहरुलाई नियन्त्रणमुक्त गर्नेगरी तयारी गरिएको जानकारी दिइएको थियो ।मुक्त गरिएकामा सबैजना प्रहरी रहेका उक्त प्रान्तका प्रान्तीय सैन्य प्रवक्ता अब्दुल हादी जमाले बताए ।

गएको दुई हप्तायता अफगानिस्तानका तालिबानहरुले आफ्नो नियन्त्रणमा रहेका सुरक्षाकर्मी नियन्त्रण मुक्त गरेको यो दोस्रो पटक हो । गत हप्तामात्र अघि पनि अफगानिस्तानका तालिबानले ४२ जना सुरक्षाकर्मी मुक्त गरिदिएका थिए । उनीहरुलाई पनि सोही प्रान्तबाट नै मुक्त गरेको थियो ।
उक्त प्रान्तको क्वास तेपा जिल्ला केही महिनाअघि तालिबानहरुले कब्जा गरेका थिए । त्यस क्रममा उनीहरुले ९० जना प्रहरीलाई आफ्नो नियन्त्रणमा राखेका थिए ।

आइतबार तालिबान र अफगानिस्तानको सरकारका प्रतिनिधिहरुबीच भेटवार्ता भएको थियो । त्यस वार्ताका क्रममा भएको सहमतिबमोजिम ती सुरक्षाकर्मीलाई नियन्त्रण मुक्त गरिएको हुनसक्ने अनुमान गरिएको छ ।
अफगानिस्तान सरकारले पनि केही महिना अघि करिब ९०० तालिबानलाई मुक्त गरिदिने घोषणा गरेको थियो । हाल अफगानिस्तान सरकार र तालिबानबीच शान्तिवार्ता चलिरहेको छ । शान्ति वार्ताको अघि भएका यी नियन्त्रण मुक्तिका समाचारहरुलाई एक सकारात्मक सन्देशका रुपमा लिन सकिन्छ ।