७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोका कारण बूढीगङ्गा नदी थुनिने सम्भावना



अ+ अ-

काठमाडौं । जिल्लाको ठूलो नदी बूढीगङ्गा थुनिने सम्भावना छ । बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको बीच भएर बग्ने सो नदी त्रिवेणी नगरपालिका–९ पैंमाबाट खसेको पहिरोका कारण नदी थुनिने सम्भावना बढेको हो । उक्त नदी अघिल्लो वर्ष पनि सात दिनसम्म थुनिएको थियो ।

१० दिनदेखि पैंमाबाट पहिरो निरन्तर खसिरहेकाले नदी थुनिने अवस्थामा पुगेको त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावलले बताए । वर्षा भइरहेका कारण पहिरो नियमित बग्न थालेको छ ।

नदी थुनिनसक्ने भएकाले गृह मन्त्रालयमा यसबारे जानकारी दिइसकिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए । उक्त नगरपालिकाको पहाडबाट खसेको पहिरोले पानीको बहाबलाई रोकेर बूढीगङ्गा नगरपालिकाको पहाडको छेउबाट पानी बग्न थालेकाले विस्तारै पानी थुनिने सम्भावना देखिएको उनको भनाइ थियो ।

हामीले सबैतिर खबर गरेका छौँ, सङ्घीय सरकारले पूर्वसूचना प्रणाली राख्न र दिगो व्यवस्थापनका लागि केही पहल शुरु गरेको प्रजिअ न्यौपानेले जानकारी दिए । उनका अनुसार तत्कालका लागि भने सचेत हुन सूचना गर्नुबाहेक अरु प्रक्रिया अघि बढाउन सकिएको छैन ।

चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले नदी नियन्त्रण तथा व्यवस्थापनका लागि रू एक करोड बजेट विनियोजन गरेको थियो । नदी थुनिएसँगै साँफे मार्तडी सडकखण्ड पूर्णरुपमा क्षति हुने अनुमान यहाँका बासिन्दाले गरेका छन् ।

पहिरोले पैंमाको बस्तीसमेत जोखिममा पारेको छ भने नदी थुनिएमा बूढीगङ्गा नगरपालिका–१ अम्कोट र बल्देको बस्ती सार्नुपर्ने स्थानीयवासी नवराज पाध्यायले बताए । नदी बग्ने बाटो साँघुरिँदै गएको र जतिबेला पनि नदी थुनिन सक्ने भएकाले सेना र प्रहरीलाई तयारीमा अवस्थामा राख्नका साथै स्थानीयवासीलाई समेत सचेत गराइएको जिल्ला प्रशासनले जनाएको छ ।

नदी थुनिए नजिकै रहेको खेतीयोग्य जमीन, झोलुङ्गे पुल र साँफे मार्तडी सडकखण्डमा समेत असर पर्ने जनाइएको छ । नदी थुनिने खतरासँगै छिमेकी जिल्ला अछामको बुढाबगर, साँफेबगरमा पनि उच्च सर्तकता अपनाइएकाले त्यहाँका बासिन्दा पनि त्रास बनेको साँफेबाट तपेन्द्र कुँवरले जानकरी दिए ।