७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर मनसुन सक्रिय, चार दिनसम्म भारी वर्षाको संभावना



अ+ अ-

फाइल तस्बिर

काठमाडौं । मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतमा रहेको न्यून चापीय रेखा ुपानी पर्ने प्रणालीु उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए।उक्त न्यून चापीय प्रणाली चार÷पाँच दिनसम्म रहन सक्ने र त्यसपछि दक्षिणतिर सर्ने भएकाले नेपालमा भन्दा भारतमा वर्षा बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबारदेखि देशभर मनसुन सक्रिय भएकाले बाढीपहिरो जान सक्ने हुँदा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । आज देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वी क्षेत्रमा बहने साना नदी, सुदूरपश्चिम, गण्डकी प्रदेशको १, २ र ३ का नदी र चुरेबाट बहने केही स-साना नदीमा समेत आकस्मिक बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपाउन पनि भनिएको छ।

मङ्लबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो भागमा वर्षाको सम्भावना रहेको बताइएको छ। बुधबार देशको अधिकांश स्थानमा बदली हुनाका साथै मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ।