१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

योग शिक्षालाई विद्यालयसम्म लान्छौँ : शिक्षामन्त्री



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योग शिक्षालाई स्कूलस्कूलमा पुयाउने बताएका छन् ।

पातञ्जल योग समिति नेपाल, केन्द्रीय कार्यालय भक्तपुरले यहाँ आज आयोजना गरेको ‘केन्द्रीय कार्यशाला गोष्ठी एवं एलोप्याथिक चिकित्सा र योग’ विषयक विविध कार्यपत्र प्रस्तुत कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विद्यालयमा योग शिक्षा पुयाउन पाठ्यक्रम निर्माण कार्य अगाडि बढिरहेको बताउँदै विद्यालय र विद्यार्थीमार्फत योग शिक्षालाई अब गाउँगाउँसम्म पुयाइने उल्लेख गरे । उनले भने, “अब सामुदायिक विद्यालयमा योग, प्राकृतिक चिकित्सा, जडीबुटीको पढाई शुरु हुन्छ, यसका लागि आवश्यक पाठ्यक्रम निर्माण कार्य भइरहेको छ ।”

योगलाई शारीरिक व्यायामका रुपमा मात्रै बुझ्नु गलत भएको चर्चा गर्दै मन्त्री पोखरेलले भने, “मानिसको जीवन पद्धति बदल्न योगलाई बुझ्न र बुझाउन जरुरी रहेको छ, योगको खोज, अनुसन्धान र विस्तारलाई सँगै लैजानुपर्छ ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा ९बजगाईं०, योगका गुरु दीर्घराज गिरी, बालमुकुन्द सुवाल, योग तथा प्राकृतिक चिकित्सा विज्ञ डा हरिप्रसाद पोखरेल, पातञ्जल योग समिति नेपाल, केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले योग र यसको महत्वमाथि चर्चा गरे ।

कार्यक्रममा अध्यक्ष सुवेदी, केन्द्रीय महासचिव नवराज काफ्ले, डा चन्द्रमणि खनाल, सुवर्णलाल चित्रकार, रामनाथ अधिकारी, दीपकप्रसाद नेपाल, जानुका भट्टराई लगायतले योग र प्राकृतिक चिकित्साका बारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरी बृहत् छलफल गरिएको थियो ।