७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

योग शिक्षालाई विद्यालयसम्म लान्छौँ : शिक्षामन्त्री



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योग शिक्षालाई स्कूलस्कूलमा पुयाउने बताएका छन् ।

पातञ्जल योग समिति नेपाल, केन्द्रीय कार्यालय भक्तपुरले यहाँ आज आयोजना गरेको ‘केन्द्रीय कार्यशाला गोष्ठी एवं एलोप्याथिक चिकित्सा र योग’ विषयक विविध कार्यपत्र प्रस्तुत कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विद्यालयमा योग शिक्षा पुयाउन पाठ्यक्रम निर्माण कार्य अगाडि बढिरहेको बताउँदै विद्यालय र विद्यार्थीमार्फत योग शिक्षालाई अब गाउँगाउँसम्म पुयाइने उल्लेख गरे । उनले भने, “अब सामुदायिक विद्यालयमा योग, प्राकृतिक चिकित्सा, जडीबुटीको पढाई शुरु हुन्छ, यसका लागि आवश्यक पाठ्यक्रम निर्माण कार्य भइरहेको छ ।”

योगलाई शारीरिक व्यायामका रुपमा मात्रै बुझ्नु गलत भएको चर्चा गर्दै मन्त्री पोखरेलले भने, “मानिसको जीवन पद्धति बदल्न योगलाई बुझ्न र बुझाउन जरुरी रहेको छ, योगको खोज, अनुसन्धान र विस्तारलाई सँगै लैजानुपर्छ ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा ९बजगाईं०, योगका गुरु दीर्घराज गिरी, बालमुकुन्द सुवाल, योग तथा प्राकृतिक चिकित्सा विज्ञ डा हरिप्रसाद पोखरेल, पातञ्जल योग समिति नेपाल, केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले योग र यसको महत्वमाथि चर्चा गरे ।

कार्यक्रममा अध्यक्ष सुवेदी, केन्द्रीय महासचिव नवराज काफ्ले, डा चन्द्रमणि खनाल, सुवर्णलाल चित्रकार, रामनाथ अधिकारी, दीपकप्रसाद नेपाल, जानुका भट्टराई लगायतले योग र प्राकृतिक चिकित्साका बारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरी बृहत् छलफल गरिएको थियो ।