१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमा सबैको पहुँच विस्तारकोे प्रयास भइरहेको छ: उपप्रधानमन्त्री यादव



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले साविकका जिल्ला अस्पताललाई द्वितीय श्रेणीको अस्पतालमा स्तरोन्नति गरी स्त्री, बाल र शल्यचिकित्सा विज्ञसहितका जनशक्ति उपलब्ध गर्ने काम भइरहेको बताएका छन् ।

विनियोजन विधेयक, २०७६ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकको विनियोजन बजेट र कार्यक्रमबारे राष्ट्रियसभामा सांसदहरुले गर्नुभएको प्रश्नको जवाफ दिँदै उनले सुदूरपश्चिमको डोटी र वीरगञ्जस्थित नारायणी अस्पताललाई सङ्घीय अस्पतालसरह स्तरोन्नति गरी विशिष्टकृत अस्पतालका रुपमा सञ्चालनको प्रयास भइरहेको जानकारी दिए ।

उपप्रधानमन्त्री यादवले भने, “वीर अस्पतालप्रति जनताको ठूलो आशा, भरोसा र विश्वास छ, अहिले त्यहाँ दैनिक दुई हजार २०० ले सेवा लिइरहेका छन्, अस्पतालको सिटिस्क्यान र एमआरआई सेवा अहिले राम्रोसँग सञ्चालनमा आइरहेको छ ।”

आम जनतामा आधारभूत स्वाथ्य सेवा पु¥याउन मन्त्रालयले विभिन्न योजना बनाएर काम गरिरहेको बताउँदै उनले अति विपन्न समुदायलाई स्वास्थ्य सेवाका लागि गरिने बीमाको प्रिमियम सरकारले व्यहोर्ने बताए ।

उपप्रधानमन्त्री यादवले भने, “मुलुकका ४६ जिल्लामा स्वास्थ्य बीमा सञ्चालनमा रहेको छ, अहिले स्वास्थ्य क्षेत्रलाई छुट्याएको बजेटले सबैलाई स्वास्थ्य सेवा पु¥याउन कठिन छ, यद्यपि स्वास्थ्यमा सबैको समतामूलक पहुँच विस्तार गर्ने प्रयास भइरहेको छ, हरेक स्थानीय तहमा कम्तीमा एक स्वास्थ्य संस्था पु¥याउने लक्ष्य छ ।”

देशभर अहिले ८० वटा सर्पदंश केन्द्र सञ्चालनमा रहेको तथा स्वास्थ्य संस्थाबाट प्रदान गर्ने सेवाको गुणस्तरका लागि मापन तयार गरिएको बताउँदै उनले एक चिकित्सक एक स्वास्थ्य संस्थाको अवधारणा लागू गरिने प्रतिबद्धता जनाए ।