७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारः नेप्सेको ओरालो यात्रा कायमै



अ+ अ-

काठमाडौँ- आइतबार जस्तै आज पनि शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.७० विन्दुले घटेर एक हजार २४७.३५ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५६ विन्दुले घटेर २६८.७९ मा झरेको छ । नेप्से घट्दा कारोवार रकम भने झण्डै रु ६० करोडको हाराहारीमा रहेको छ । कूल १७१ कम्पनीको २९ लाख १० हजार १५३ कित्ता शेयर रु ५९ करोड १० लाख ५३ हजार ८१२ मूल्यमा कारोवार भएको छ ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । जलविद्युत् २.४ र सामूहिक लगानी कोष ०.०५ विन्दुले बढेको छ । यस्तै बैंकिङ ९.४९, होटल ०.९२, विकास बैंक ६.७१, वित्त २.६९, निर्जीवन बीमा ६३.२२, उत्पादन ८.०४, अन्य ३.१७, लघुवित्त ६.५ र जीवन बीमा ६४.०८ विन्दुले घटेको छ ।

स्टकका अनुसार आज प्रभु बैंकको संस्थापक शेयरको सबैभन्दा बढी कारोवार भएको छ । सो बैंकको रु ११ करोड ४५ लाख ७० हजार बराबरको कारोवार भयो । यस्तै सिभिल बैंक रु तीन करोड ८० लाख २० हजार ९९६, साल्ट टे«डिङ कर्पाेरेशनको रु तीन करोड आठ हजार, प्रभु बैंकको रु दुई करोड ७६ लाख २० हजार ३३९, नेपाल बैंक लिमिटेडको रु दुई करोड ३६ लाख ८६ हजार ८८८, सेञ्चुरी बैंकको रु एक करोड ७५ लाख सात हजार ७७३ र मेगा बैंकको रु एक करोड ६० लाख ४८ हजार ३१० मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै आँखु खोला जलविद्युत् कम्पनी ७.०४, अरुण काबेली पावर ३.८५, घलेम्दी हाइड्रो ३.६१, सिनर्जी पावर ३.३७, र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ३.२५ प्रतिशतले कमाए । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९१ प्रतिशतले गुमाए । रैराङ हाइड्रोपावर ५.३०, वेस्ट फाइनान्स कम्पनी ४.७६, सगरमाथा इन्स्योरेन्स ३.८७, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.८४ र समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७७ प्रतिशतले गुमाए ।