काठमाडौं । मन्त्रिपरिषदको बैठक चलिरहेकै बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव बिचैबाट बाहिरिएका छन्। बैठक नसकिँदै मन्त्री यादव बाहिरिएका हुन्।
भारतबाट आयात हुने तरकारीको विषादी परीक्षणका बारेमा कृषि मन्त्री र आपूर्तिमन्त्रीका कुरा बाझिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रीपरिषद बैठक बोलाएका थिए ।
सोमबार पत्रकार सम्मेलन गरेर आपूर्ति मन्त्री यादवले आफूलाई सचिवले झुकाएको भन्दै सचिवमाथि दोष देखाउदै आफु पन्छीएका थिए ।
मन्त्री यादवले सदनका लागि आवश्यक तयारी गर्नुपर्ने भएकोले बैठकबाट बाहिरिएको बताएका छन् ।