लन्डनः इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भारत र न्यूजील्यान्डबीच पहिलो सेमिफाइनल खेल हुँदैछ ।
इङल्यान्डको म्यान्चेस्टरमा नेपाली समय अनुसार अपराह्न ३.१५ बजेदेखि खेल शुरु हुनेछ ।
भारतका तर्फबाट निकै राम्रो फर्ममा रहेका ब्याट्सम्यान रोहित शर्मा, कप्तान विराट कोहली र पूर्व कप्तान महेन्द्रसिंह धोनीको खेलले भारतको भाग्य निर्धारण गर्नेछ । ब्याट्सम्यान रोहित शर्माले त यस विश्वकपमा पाँच सतक प्रहार गरिसकेका छन् ।
उता युवा तिब्र गतिका बलर जसप्रित बुमराहको बलिङ पनि निकै सटिक र विपक्षीलाई तहसनहस गर्ने किसिमको रहने गरेको छ ।
न्यूजील्यान्ड पनि निकै सशक्त देखिएको छ । कप्तान केन विलियम्सनले पनि विश्वकपको यस शृङ्खलामा राम्रो रन स्कोर गरेका छन्, र सतक पनि प्रहार गरिसकेका छन् । उनी बाहेक टिममा निकै प्रतिभावान खेलाडीको कुनै कमी छैन ।
गत विश्वकपमा पनि न्यूजील्यान्डको टिम फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।
© 2023