७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसँग हङकङ पराजित, नेपाल यू–१९ एसिया कपका लागि छनाैट



अ+ अ-

काठमाडौं । नेपालले हङकङलाई छ विकेटले पराजित गरेसँगै यू–१९ एसिया कपका लागि छनौट भएको छ । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि सहज जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।

मलेसियाको किनरारा एकेडेमी ओभलमा हङकङ प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।
नेपालको सुरुवात राम्रो थियो । भोजनअघि ५ ओभरमा ४४ रन बनाएको नेपालले ५२ रन बनाउँदा ऋत गौतमलाई गुमायो । उनी १३ रनमा आउट भए ।

३९ रनमा आउट हुनुअघि पवन शरार्फले खडकबहादुर बोहोरासँग २४ रनको साझेदारी गरे । बोहराले ८ रन बनाए । कप्तान रोहितकुमार पौडेल १२ रन जोडे ।

टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो । उसका आदित गोरवाराले २४ र काल्हन मार्कले १९ रन बनाएका थिए ।

उसलाई सस्तैमा समेट्ने क्रममा सागर ढकालले घातक बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ५ मेडन राख्दै १८ रन दिए र ५ विकेट लिए । कमल सिंह ऐरीले ३ विकेट लिएका छन् ।

एसिया कपको यो संस्करण २८ अगष्टदेखि श्रीलंकामा हुनेछ । प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई, कुवेतसँगै नेपाल रहनेछन् ।

मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालको सुरुवात राम्रो थियो । लञ्ज अघि ५ ओभरमा ४४ रन बनाएको नेपालले ५२ रन बनाउँदा ऋत गौतमलाई गुमायो । उनी १३ रनमा आउट भए ।

३९ रनमा आउट हुनुअघि पवन शरार्फले खडकबहादुर बोहोरासँग २४ रनको साझेदारी गरे । बोहराले ८ रन बनाए । कप्तान रोहितकुमार पौडेल १२ रन जोडे ।

टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो । उसका आदित गोरवाराले २४ र काल्हन मार्कले १९ रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा सागर ढकालले घातक बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ५ मेडिन राख्दै १८ रन दिए र ५ विकेट लिए । कमल सिंह ऐरीले ३ विकेट लिएका छन् ।

८ देशको प्रतिस्पर्धा

नेपालले एसिया कपको यो संस्करण २८ अगष्टदेखि श्रीलंकामा हुनेछ । प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई, कुवेतसँगै नेपाल रहनेछन् ।