काठमाडौं । प्रहरी र नेत्रविक्रम चन्द ;विप्लव’ समुहका कार्याकर्ताविच गोली हानाहान भएको छ । गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको हो ।
भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाका अनुसार मृत्यु हुनेमा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राईको मृत्यु भएको हो।
प्रहरीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गर्दा एक जवानको मृत्यु भएको छ, मुसलधारे पानी परेकाले घटनास्थलमा जान सक्ने अवस्था नभएको प्रजिअले बताए ।
अहिले दुवै जनाको शव भोजपुर जिल्ला अस्पतालमा राखिएको छ। विस्तृत विवरण भने आउन बाँकी रहेको छ।