काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य रु २०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रति तोला ६४ हजार ३०० मा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा ६४ हजार ५०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन बुधबार ६४ हजारमा कारोबार भएको छ ।
चाँदी भने अघिल्लो दिनकै मूल्य रु ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ।