नायिका शिल्पा पोखरेलले आफ्ना श्रीमान् छविराज ओझाविरुद्ध उजुरी दर्ता गराएकी छिन् । पोखरेलले चलचित्र निर्माता तथा श्रीमान छबी ओझा बाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।
उनले आइतबार महानगरीय प्रहरी परिसर,टेकु काठमाडौंमा उजुरी दिएको प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । उनको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुबैलाई प्रहरीले बुधबार छलफलका लागि बोलाएको थियो । तर, निर्माता ओझा विरामी परेपछि बिहीबार (भोली) दिउँसो दुईलाई प्रहरी परिसरमा बोलाइएको छ ।
ओझा र पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो । ओझाले पोखरेललाई केही समयदेखि कुटपिट गरिरहेका थिए । ओझाले कुटपिट गरेपछि पोखरेल आफन्तको घरमा गएर बस्न थालेकी थिइन् । स्रोतका अनुसार, पोखरेलले ओझासँग डिभोर्स मागेकी छन् । तर, यस विषयमा बुझ्न खोज्दा छवि र शिल्पा दुबैसँग फोन सम्पर्क हुन सकेन । दुईले गोप्य रुपमा समस्या सुल्ट्याउन चाहेका छन् ।
पोखरेल ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । ओझा र पोखरेलले २०७३ सालको दशैंमा काठमाडौंको गोकर्ण रिसोर्टमा सुटुक्क लगनगाँठो कसेका थिए । लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले बिबाह गरिसकेको बताएका थिए ।
तर, पोखरेल र ओझाको सम्बन्ध पछिल्लो केही समयदेखि विग्रिएको थियो । शिल्पामाथि ओझाले कामदेखि अन्य कुरामा समेत हस्तक्षेप गरेको वुझिएको छ । ओझाले पोखरेललाई आफू निर्मित चलचित्र ‘लज्जा’बाट यो क्षेत्रमा भित्राएका थिए । यही चलचित्रको प्रचारका क्रममा पोखरेलले आफूलाई ओझा मन पर्ने बताएका थिए ।
पोखरेलले ओझाको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।पोखरेलसँग बिबाह गर्नुअघि ओझाका तीन जनासँग बिबाह भइसकेको थियो । रेखा थापा छविराजको तेस्रो श्रीमती थिइन् ।