७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलको सर्वाधिक ठूलो खानी उद्योगमाथि जरिवाना



अ+ अ-

रियो डे जेनेरियो । ब्राजिलको सर्वाधिक ठूलो भेल नामको खानी उद्योगको बाँध भत्किएर पीडित भएकाहरुका परिवारलाई जरिवाना तिर्न यहाँको एक अदालतले आदेश दिएको छ । गत जनवरीमा भएको भिषण दुर्घटनामा २५० जनाभन्दा बढी कामदारको मृत्यु हुनुका साथै भौतिक संरचनामा व्यापक क्षति पुगेको थियो ।

न्यायाधीश एल्टोन पुपो नोगुराले जारी गर्नुभएको आदेशमा भेलले जनधनको क्षतिबापत क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख छ, तर आदेशमा रकम तोकिएको छैन ।

बाँध भत्किएर भएको नोक्सानी स्वरुप मानिसको जीवन मात्र गएको छैन, यसबाट वातावरणीय असरका साथै आर्थिक क्षति पनि समावेश छ, अदालतको आदेशमा भनिएको छ ।

बाँध भत्किएर पुगेको क्षतिका बारेमा कम्पनीका तर्फबाट प्रतिवाद नगरिएको अदालतले जनाएको छ ।

गत जनवरी २५ मा ब्राजिलको मिनास गराइज राज्यको ब्रुमाडिन्होमा भेल कम्पनीको बाँध भत्किएको थियो । बाँध भत्किएपश्चात बगेको लेदो माटोले नजिकका घर, खेत र सडक समेतमा व्यापक क्षति पुगेको थियो ।

उक्त दुर्घटनाका कारण हालसम्म २४८ जनाको शव फेला परिसकेको र अरु २३ जना हराइरहेका छन् । दुर्घटना पश्चात् ब्राजिली न्यायिक अधिकारीहरुले भेल कम्पनीको करिब तीन अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रोक्का गरेका छन् ।