२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु



अ+ अ-

कास्की । प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता २०७८ आजदेखि सुरु भएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित सो प्रतियोगितामा १५ क्लवका  १८५ खेलाडीको सहभागिता छ । विभिन्न १२ ‘इभेन्ट’ २०१ प्रतिस्पर्धा  हुने प्रतिषेगिता आगामी पुस ५ सम्म सञ्चालन हुने छ ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय परिसरमा आयोजित कार्यक्रममा मुख्य निर्णायकलाई  बल हस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गर्नुभयो । प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ), फ्ल्यास स्पोर्टस् क्लब लाजिम्पाट, कास्की जिल्ला टेनिस सङ्घ, काठमाडौँ जिल्ला लन टेनिस सङ्घ, ग्रीनल्याण्ड टेनिस क्लब, टिम टेनिस नेपाल, त्रिभुवन आर्मी क्लब, नेपला पुलिस क्लब, नर्लिङ स्पोर्टस भिल्ला , भादगाउँ स्पोर्टस्, मण्डिखाटार टेनिस क्लब, याक एण्ड यति क्लव, रुपन्देही लन टेनिस सङ्घ, सातदोबाटो टेनिस क्लब र सेन्ट जेभियर्स  क्लबको सहभागिता छ ।

सो समारोहमा सैनिक तालिम महानिर्देशक निरञ्जनकुमार श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा  उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येयले प्रतियोगिता आयोजना गरिएकोे बताउनुभयो । सेनाले २०६८ सालबाट ‘सामरी स्ल्याम’ टेनिस सञ्चालन गर्दै आएकामा सातौँ संस्करणसम्म सञ्चालन भएको थियो ।टेनिसमा अभिरुचि राख्ने खेलाडीलाई प्लेटफर्मको सही व्यवस्थापन गरी स्थायी ढङ्गले खेल विकास गर्ने यस प्रतियोगिताको मुख्य उद्देश्य छ । (रासस)