२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु



अ+ अ-

कास्की । प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता २०७८ आजदेखि सुरु भएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित सो प्रतियोगितामा १५ क्लवका  १८५ खेलाडीको सहभागिता छ । विभिन्न १२ ‘इभेन्ट’ २०१ प्रतिस्पर्धा  हुने प्रतिषेगिता आगामी पुस ५ सम्म सञ्चालन हुने छ ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय परिसरमा आयोजित कार्यक्रममा मुख्य निर्णायकलाई  बल हस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गर्नुभयो । प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ), फ्ल्यास स्पोर्टस् क्लब लाजिम्पाट, कास्की जिल्ला टेनिस सङ्घ, काठमाडौँ जिल्ला लन टेनिस सङ्घ, ग्रीनल्याण्ड टेनिस क्लब, टिम टेनिस नेपाल, त्रिभुवन आर्मी क्लब, नेपला पुलिस क्लब, नर्लिङ स्पोर्टस भिल्ला , भादगाउँ स्पोर्टस्, मण्डिखाटार टेनिस क्लब, याक एण्ड यति क्लव, रुपन्देही लन टेनिस सङ्घ, सातदोबाटो टेनिस क्लब र सेन्ट जेभियर्स  क्लबको सहभागिता छ ।

सो समारोहमा सैनिक तालिम महानिर्देशक निरञ्जनकुमार श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा  उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येयले प्रतियोगिता आयोजना गरिएकोे बताउनुभयो । सेनाले २०६८ सालबाट ‘सामरी स्ल्याम’ टेनिस सञ्चालन गर्दै आएकामा सातौँ संस्करणसम्म सञ्चालन भएको थियो ।टेनिसमा अभिरुचि राख्ने खेलाडीलाई प्लेटफर्मको सही व्यवस्थापन गरी स्थायी ढङ्गले खेल विकास गर्ने यस प्रतियोगिताको मुख्य उद्देश्य छ । (रासस)




भर्खरै