२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा



अ+ अ-

भोजपुर। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ ।

सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो ।

उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान रामबहादुर विष्टका अनुसार गाउँमै आलु प्रतिकिलो रु ४० देखि ५० सम्म बिक्री हुने गरेको छ । प्राङ्गारिक मलको प्रयोग गरेर उत्पादन गरिएको स्थानीय आलुको बजारमा राम्रो माग रहेको उहाँले बताउनुभयो । गाउँबाट खरिद गरिएको आलु सहरमा पुग्दा प्रतिकिलो रु ६५ देखि ८० सम्ममा बिक्री हुने गरेको छ ।

“गाउँमा उत्पादन भएको आलु पहिले बिक्री गर्न निकै समस्या हुन्थ्यो,” उहाँले भन्नुभयो, “उत्पादन गरेर पनि घरमै राख्नुपर्ने अवस्था थियो । सडकको सुविधा भएपछि व्यापारी गाउँमै आउन थालेका छन् । यसले उत्पादन बिक्री गर्न सहज भएको छ ।”

किसान धनराज राईका अनुसार केही वर्षअघिसम्म गाउँबाट आलु बजारसम्म पु¥याउन निकै कठिन थियो । सडक सुविधा नहुँदा भरिया तथा अन्य साधनको प्रयोग गर्दा ढुवानी खर्चसमेत बढी लाग्ने गरेको उहाँले बताउनुभयो । अहिले गाउँसम्म सडक पुगेपछि व्यापारी घरघरमै पुगेर आलु खरिद गर्न थालेका छन् ।

“पहिले आलु उत्पादन गरेपछि कहाँ लगेर बेच्ने भन्ने चिन्ता हुन्थ्यो,” उहाँले भन्नुभयो, “बजारसम्म पु¥याउँदा ढुवानी खर्च धेरै लाग्थ्यो । अहिले गाउँमै व्यापारी आएर आलु खरिद गर्ने भएकाले किसानलाई निकै सहज भएको छ ।”

भोजपुरमा सडक सञ्जाल विस्तारसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समेत सुधार हुँदै गएको छ । आलु, मकै, तरकारी, फलफूललगायतका कृषि उपज बजारसम्म पु¥याउन सहज भएको किसानको भनाइ छ ।

जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा उत्पादन हुने आलु स्थानीय बजारसँगै धरान, इटहरीलगायतका सहरी क्षेत्रमा पुग्ने गरेको छ । प्राङ्गारिक मलको प्रयोग गरेर उत्पादन गरिएको आलुको स्वाद र गुणस्तर राम्रो भएकाले बजारमा माग बढेको उनीहरू बताउँछन् । भोजपुरमा करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।  रासस