८ पुष २०८२, मंगलवार
,
Latest
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानका पूर्व प्रधानमन्त्री अब्बासी पक्राउ



अ+ अ-

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासी पक्राउ परेका छन् ।

पूर्व प्रधानमन्त्री अब्बासीलाई लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) लाई आयातमा अनुबन्धन दिँदा अरबौँ रुपैयाँ हिनामिना गरेको आरोपमा उनि पक्राउ परेका हुन् ।

गिरफ्तारीमा परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री अब्बासीलाई शुक्रबार एकाउन्टिबिलिटी अदालतमा पेस गराइनेछ ।

अब्बासी विपक्षी पार्टी पीएमएल–एन का दोस्रो ठूलो नेता हुन् । एनएबीका अधिकारीहरुले अब्बासीलाई लाहोरको टोल प्लाजानजिक रोकेको थियो । अब्बासी पीएमएल–एन का प्रमुख र नवाज शरीफका भाइ शहबाज शरीफलाई भेट्न जाने तयारीमा थिए । अब्बासी सन् २०१८ मार्च महिनामा दुई दिनको औपचारिक भ्रमणमा नेपाल आएका थिए ।