१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारको आरोपमा नेपाली सेनाका लेखापाल पक्राउ



अ+ अ-

वीरगञ्ज । बलात्कारको आरोपमा नेपाली सेनाका एकजना लेखापाल पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर घर भइ वीरगञ्ज महानगपालिका–८ घण्टाघरस्थित चण्डी प्रसाद गण वीरगञ्जमा कार्यरत दुर्गा तिमल्सिना रहेका छन् ।

बाराको सिमरास्थित होटल संगालोसँग जोडिएको बलात्कार घटनामा इलाका प्रहरी कार्यालय सिमरा प्रहरीको अनुरोधमा जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार नै पक्राउ गरेको हो । उनलाई आज (बिहीबार) सार्वजनिक गरिएको हो ।

पक्राउ परेका तिमल्सिनालाई इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) अनन्तराम शर्माले जानकारी दिए ।