११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

जिम्बावे आईसीसीको निलम्बनमा, विश्वकप छनोटमा सहभागिता अनिश्चित

जिम्बावे आईसीसीको निलम्बनमा, विश्वकप छनोटमा सहभागिता अनिश्चित
अ अ+ अ-

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जिम्बाब्वे क्रिकेटलाई निलम्बन गरेको छ ।जिम्बाबेको क्रिकेट बोर्डमा सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै आईसीसीले निलम्बन गरेको हो ।

आईसीसीको बिहिबार लन्डनमा बसेको बोर्ड बैठकले जिम्बावे क्रिकेट बोर्डको निर्वाचन लोकतान्त्रिक नभएको र सरकारको चरम हस्तक्षेप भएको उल्लेख गर्दै जिम्बाबेलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

‘हाम्रो सदस्य राष्ट्रलाई निलम्बन गर्ने कुरालाई हामीले हलुका रूपमा लिएका छैनौं । तर खेलमा राजनीतिक हस्तक्षेप नहोस भन्ने चहन्छौं, जुन जिम्बाबेमा भयो र उनीहरूले आईसीसीको विधानविपरित काम गरे,’ आईसीसीका प्रमुख शशांक मनोहरले भने ।

बैठकले आर्थिक सहायता रोक्न र आफ्नो कुनै पनि प्रतियोगितामा सहभागी हुन नपाउने गरी निलम्बन गरेको छ । आईसीसीले जिम्बाब्वेको आर्थिक सहायता रोक्नुको मुख्य कारण आफूले दिएको रकमको ठूलो हिस्सा क्रिकेट र खेलाडीको हितमा प्रयोग गर्नुको साटो जिम्बाब्वे सरकारले लगेको हुनसक्ने आईसीसीको बुझाइ छ । जिम्बाब्वे आर्थिक संकटमा छ ।

यससँगै अगष्टमा हुने महिला टी–२० विश्वकप छनोट र अक्टोबरमा हुने टी–२० विश्वकप छनोट जिम्बाब्वे सहभागी हुने सम्भावना न्यून भएको छ ।

तीनबर्ष अघि आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई पनि सोही कारण देखाउँदै निलम्बन गरेको थियो । आईसीसीले नेपालमाथिको निलम्बन अझै फुकुवा गरेको छैन ।

नेपाली क्रिकेटलाई आईसीसीले अन्तर्राष्ट्रिय सहभागिताबाट भने रोकेको छैन । नेपाली क्रिकेट अहिले आईसीसीकै निगरानीमा रहेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको छ ।