८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ



अ+ अ-

रौतहट । बलात्कार आरोपमा एकजना नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र साह रहेका छन् ।

उनि विरुद्द २० वर्षीया युवती बलात्कार गरेको आरोपमा लागेको छ । हेटौडाबाट उनीहरु सँगै मोटरसाइकलमा आएर चन्द्रनिगाहपुरको एउटा होलमा बसेका थिए। चन्द्रपुर ४ स्थित एक होटलमा ती युवतीलाई ललाइफकाइ जबरजस्ती गरेको आरोपमा युवतीकी दिदीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जबरजस्तीकरणी सम्बन्धी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन्।

प्रहरी सहायक निरीक्षक साहलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी कवित कटवालले जानकारी दिए।