८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी प्रशासनलाई जनमुखी र परिणाममुखी बनाउन जस्तोसुकै कदम चाल्न पनि छौं: मन्त्री पण्डित



अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले कर्मचारीहरुलाई जनताप्रति उत्तरदायी बनाउन सरकार सदा प्रतिवद्ध रहेको पनि बताए ।

उनले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको काममा जवाफदेही बनाउने गरी कानुन निर्माणमा सहयोग गर्न पनि प्रतिनिधिसभाका सांसदहरुलाई आग्रह गरे ।

मन्त्री पण्डितले कार्यालय समयमा कार्यालय बाहिरको काम गर्ने कर्मचारीलाई पनि कडा कार्वाही गर्ने चेतावनी दिए । उनले कर्मचारी प्रशासन सुधार नभएका कारण सरकार आफै अप्ठयारोमा पर्ने गरेको पनि स्मरण गराए ।