११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

कालिकोटमा जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरमार्फत उद्धार

कालिकोटमा जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरमार्फत उद्धार
अ अ+ अ-
प्रतिकात्मक तस्वीर

मार्तडी । बाजुराबाट कालिकोट गइरहेको जीप दुर्घटनामा परी घाइते भएका १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हेलिकप्टरमा घाइतेको आफन्तलाई समेत लगिएको छ ।

जगन्नाथ गाउँपालिकाको भुँवा खोलामा शुक्रबार बिहान भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका १२ जनाको नेपाली सेनाका हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए ।

दुर्घटनामा परी घाइते हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका–६ का २८ वर्षीय उभजङ्गबहादुर शाही, सोही ठाउँ बस्ने १७ वर्षीय राजेन्द्रबहादुर शाही र १८ वर्षीय मेहन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताएका छन् ।

यसैगरी बाजुराको हिमाली गाउँपालिका–४ रुगिनको फैती बस्ने ५५ वर्षीय लालवीर चदाराको अवस्था गम्भीर भएकाले थप उपचारका लागि नेपालगञ्जमा रहेको कोहलपुर मेडिकलमा हेलिकप्टरमा लगिएको प्रहरी नायब उपरीक्षक भाटले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका १२ जनाको उपचारका लागि सङ्घीय गृह मन्त्रलायसँगको समन्वयमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

दुर्घटनामा परी कैलालीको टीकापुर नगरपालिका–४ का २६ वर्षीय जीप चालक रमेश बोगटी र मुगुको खत्याड गाउँपालिका–६ का २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।