१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा बेरोजगारी दर बढ्यो



अ+ अ-

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।

जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरुको संख्या ८ हजारबाट वृद्धि भएर दुई लाख १६ हजार पुगेको छ । यसैबीच, अघिल्लो साताको तथ्याँकमा संशोधन गरी बेरोजगार भत्तामा दाबी गर्नेहरुको संख्या २ लाख ८ हजार देखाइएको थियो ।

श्रम विभागको तथ्याँकले बेरोजगारको दाबी गर्नेहरुको संख्या कम हुनुको अर्थ रोजगारीबाट बिमुख हुनेको संख्यामा कमी नआएको देखाउँछ । अमेरिकामा केही वर्षदेखि बेरोजगारको संख्या तीन लाखभन्दा कम देखिएको छ ।

तर अमेरिकी श्रम बजारमा गत जुन महिनामा २ लाख २४ हजार रोजगारी थप भएको पनि विभागले जनाएको छ । अमेरिकी तथ्याँक ब्यूरोले अमेरिकी बेरोजगारी दर ३ दशमलब ७ प्रतिशतको हाराहारी मात्र रहेको बताएको छ ।