८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश महीनापछि बङ्गलादेशी महिलालाई देश फर्काइँदै



अ+ अ-

परासी । सडकबाट उद्धार गरिएको दश महीनापछि मात्र बङ्गलादेशकी एक महिलालाई स्वदेश फर्काउन सहज वातावरण बनेको छ । नेपालस्थित बङ्गलादेश राजदूतावासमार्फत उनलाई आउँदो सोमबार आफ्नो देश पठाउन लागिएको हो ।

मानसिक सन्तुलन गुमेपछि आफ्नो देशबाट भौँतारिँदै नेपाल पसेकी ती महिलालाई गत भदौ १० गते पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित गोबरहिया प्रहरीचौकी नजीकै सडकमै बच्चा जन्माई सालनालसहित बेवारिसे अवस्थामा उद्धार गरिएको थियो ।

बच्चासहित ती महिलालाई नवलपरासी जिल्ला प्रहरी कार्यालयले उद्धार गरी जिल्ला अस्पताल पु¥याएको थियो । बङ्गलादेशको माणिकगञ्ज नजीकै माइती र आरैचा घर बताउने करीब ४५ वर्षीया साहेला खातुनलाई उपचारपछि विगत सात महीनादेखि नै स्वदेश फर्काउन पहल गरिएको थियो ।

रामग्राम नगरपालिकाको आर्थिक सहयोगमा ललितपुरस्थित कोसिस नेपाल नामक संस्थामा चार महीनाको उपचारपछि ती महिलाको गत माघमै होस आएको थियो भने बच्चालाई परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा नर्स र महिला प्रहरीको रेखदेखमा छ महीनासम्म संरक्षणमा राखिएको थियो । उपचारपछि पुनः परासी फर्किएकी ती महिलालाई पुनःस्थापनाका लागि परासीस्थित अल्पकालीन आश्रयस्थल सेवा केन्द्रमा सात महीनासम्म आश्रय दिइएको थियो ।

ती महिलालाई आफ्नै देश फर्काउन काठमाडौँस्थित बङ्गलादेश दूतावासमार्फत पहल गरिए पनि उनको पहिचान खुल्ने कुनै पनि कागजात नभएपछि दूतावासले सुनुवाइ नगरेको उक्त नगरपालिकाकी उपप्रमुख रम्भा कुँवरले बताउनुभयो ।

बङ्गलादेशमै एक वर्ष काम गरी फर्किनुभएकी रेडियो परासीकी मालती न्यौपानेले उनको परिवारसँग सम्पर्क गराउनाका साथै नागरिकतालगायत आवश्यक कागजात मगाउन सहजीकरण गर्नुभएकीले अहिले ती महिलालाई देश फर्काउन सहज भएको उपप्रमुख कुँवरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कागजपत्र भएपछि मानव सेवा आश्रमको पहलमा दूतावासले टिकटको व्यवस्था मिलाएको छ, यही साउन ६ गते काठमाडौँदेखि ढाकाको नियमित उडानबाट ती महिलालाई आफ्नो देश पठाउने तय भयो, लामो प्रयासपछि उहाँलाई फर्काउन सफल भएका छौँ, उहाँलाई देश फर्काउन पाउँदा अहिले निकै हर्ष लागेको छ ।”

आफ्नो देश फर्किन पाएकामा ती निकै खुशी भएकी छिन् । आफू दुई वर्षअघि मानसिक सन्तुलन गुमेकै अवस्थामा घरबाट हिँडेको तर कसरी यहाँसम्म आएँ भन्ने याद नभएको उनको भनाइ थियो ।

श्रीमान् आसान खानले बङ्गलादेशमा खुर्सानीको व्यापार गर्ने गरेको र आफ्नो त्यहाँ तीन छोरी पनि रहेको जनकारी दिँदै उनले नेपालमा बस्दा आफूले धेरै माया पाएको बताइन् ।