११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

दश महीनापछि बङ्गलादेशी महिलालाई देश फर्काइँदै

दश महीनापछि बङ्गलादेशी महिलालाई देश फर्काइँदै
अ अ+ अ-

परासी । सडकबाट उद्धार गरिएको दश महीनापछि मात्र बङ्गलादेशकी एक महिलालाई स्वदेश फर्काउन सहज वातावरण बनेको छ । नेपालस्थित बङ्गलादेश राजदूतावासमार्फत उनलाई आउँदो सोमबार आफ्नो देश पठाउन लागिएको हो ।

मानसिक सन्तुलन गुमेपछि आफ्नो देशबाट भौँतारिँदै नेपाल पसेकी ती महिलालाई गत भदौ १० गते पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित गोबरहिया प्रहरीचौकी नजीकै सडकमै बच्चा जन्माई सालनालसहित बेवारिसे अवस्थामा उद्धार गरिएको थियो ।

बच्चासहित ती महिलालाई नवलपरासी जिल्ला प्रहरी कार्यालयले उद्धार गरी जिल्ला अस्पताल पु¥याएको थियो । बङ्गलादेशको माणिकगञ्ज नजीकै माइती र आरैचा घर बताउने करीब ४५ वर्षीया साहेला खातुनलाई उपचारपछि विगत सात महीनादेखि नै स्वदेश फर्काउन पहल गरिएको थियो ।

रामग्राम नगरपालिकाको आर्थिक सहयोगमा ललितपुरस्थित कोसिस नेपाल नामक संस्थामा चार महीनाको उपचारपछि ती महिलाको गत माघमै होस आएको थियो भने बच्चालाई परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा नर्स र महिला प्रहरीको रेखदेखमा छ महीनासम्म संरक्षणमा राखिएको थियो । उपचारपछि पुनः परासी फर्किएकी ती महिलालाई पुनःस्थापनाका लागि परासीस्थित अल्पकालीन आश्रयस्थल सेवा केन्द्रमा सात महीनासम्म आश्रय दिइएको थियो ।

ती महिलालाई आफ्नै देश फर्काउन काठमाडौँस्थित बङ्गलादेश दूतावासमार्फत पहल गरिए पनि उनको पहिचान खुल्ने कुनै पनि कागजात नभएपछि दूतावासले सुनुवाइ नगरेको उक्त नगरपालिकाकी उपप्रमुख रम्भा कुँवरले बताउनुभयो ।

बङ्गलादेशमै एक वर्ष काम गरी फर्किनुभएकी रेडियो परासीकी मालती न्यौपानेले उनको परिवारसँग सम्पर्क गराउनाका साथै नागरिकतालगायत आवश्यक कागजात मगाउन सहजीकरण गर्नुभएकीले अहिले ती महिलालाई देश फर्काउन सहज भएको उपप्रमुख कुँवरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कागजपत्र भएपछि मानव सेवा आश्रमको पहलमा दूतावासले टिकटको व्यवस्था मिलाएको छ, यही साउन ६ गते काठमाडौँदेखि ढाकाको नियमित उडानबाट ती महिलालाई आफ्नो देश पठाउने तय भयो, लामो प्रयासपछि उहाँलाई फर्काउन सफल भएका छौँ, उहाँलाई देश फर्काउन पाउँदा अहिले निकै हर्ष लागेको छ ।”

आफ्नो देश फर्किन पाएकामा ती निकै खुशी भएकी छिन् । आफू दुई वर्षअघि मानसिक सन्तुलन गुमेकै अवस्थामा घरबाट हिँडेको तर कसरी यहाँसम्म आएँ भन्ने याद नभएको उनको भनाइ थियो ।

श्रीमान् आसान खानले बङ्गलादेशमा खुर्सानीको व्यापार गर्ने गरेको र आफ्नो त्यहाँ तीन छोरी पनि रहेको जनकारी दिँदै उनले नेपालमा बस्दा आफूले धेरै माया पाएको बताइन् ।