८ पुष २०८२, मंगलवार
,
Latest
राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टसमा आउनुको मुख्य कारण रोनाल्डो: डि लिट



अ+ अ-

काठमाडौं । इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सले नेदरल्यान्ड्सका युवा डिफेन्डर म्याथिज डि लिटलाई अनुबन्ध गरेको छ । डि लिटलाई युभेन्टसले बिहीबार अनुबन्ध गरेको घोषणा गरेको हो ।

क्लबका अनुसार आठ करोड ४२ लाख डलरमा उनी आयाक्सबाट युभेन्टसमा स्थानान्तरित हुन राजी भएका हुन् ।उन्नाइस वर्षीय यी प्रतिभाशाली डच खेलाडीको करार अवधि पाँच वर्षको रहेको छ ।युभेन्टसले जारी गरेको विज्ञप्तिमा डी लीटले करार रकमका अतिरिक्त थप एक करोड ५ लाख युरो पनि पाउने उल्लेख छ ।

। डि लिटले युभेन्टसमा आउनुको मुख्य कारण पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भएको जनाएका छन् । डि लिटले भने, ‘ यो सबैको प्रशंसा रोनाल्डोलाई जान्छ । किनकी रोनाल्डोले मलाई यहाँ अनुबन्ध हुन आग्रह गरेका थिए । उनले मलाई युभेन्टसमा आमन्त्रित गरे ।’

डी लीटको सम्झौता रकम युभेन्टसको इतिहासमा तेस्रो सर्वाधिक बढी रकम हो । सन् २०१८ मा क्लबले क्रिस्टियानो रोनाल्डोका लागि १० करोड ५० लाख युरो भुक्तानीमा सम्झौता गरेको थियो भने सन् २०१६ मा गोन्जालो हिगुइनका लागि नौ करोड युरो भुक्तानी गर्न सहमति जनाएको थियो ।

डी लीटले आयाक्सका लागि ११७ खेल खेलेर १३ गोल गरेका छन् । यस सिजनको च्याम्पियन्स लिगको क्वाटर फाइनलमा आयाक्ससँग युभेन्टस पराजित हुँदा डी लीटले नै गोल गरेका थिए । डी लीटले नेदरल्यान्ड्सका लागि राष्ट्रिय टोलीबाट १७ खेल खेलिसकेका छन् । उनी आयाक्सको कप्तान समेत भइसकेका छन् ।