![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/07/smiling_girl_relationship-1.jpg)
काठमाडौं । सामान्यतया महिला पुरुष प्रति र पुरुष महिला प्रति आकर्षित हुनु कुनै नौलो कुरा होइन । आज हामीले पुरुषको कुन अंग प्रति महिला अकर्षित हुन्छन् भन्ने कुरा चर्चा गरेका छौं ।
यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाले गरेको अध्ययन अनुसार, पुरुषको आँखाले महिलाहरूलाई सबैभन्दा पहिले र सबैभन्दा बढी आकर्षित गर्छ । त्यस्तै ब्रिटेन र साउथ अफ्रिकाको तीन यूनिभर्सिटीजको अध्ययनबाट पनि यो कुरा पुष्टी भएको छ ।
यी अंग प्रति आकर्षित हुन्छन महिला
आँखा : पुरुषहरूको आँखाले सबैभन्दा पहिले र सबैभन्दा बढी महिलाहरूलाई आकर्षित गर्छ । त्यसैले आँखालाई स्वस्थ्य राख्नु आवश्यक छ। त्यसका लागि भरपुर निन्द्राका साथ साथै स्वस्थ खानाको आवश्यक हुन्छ ।
कपाल: कुनैपनि पुरुषको कपाल कालो र चम्किलो छ भने महिलाहरु त्यस्ता पुरुष तर्फ आकर्षित हुन्छन् ।
ओठ र दाँत: गुलाबी ओठमा देखिने मुस्कान र टलक्क टल्कने दाँतले पनि महिलाहरुलाई सहजै आकर्षित गर्छ ।
छाला : सफा, स्वस्थ र चम्किलो छालाप्रति पनि महिलाहरु भुतुक्कै हुन्छन् । यस तर्फ पनि पुरुषले ध्यान दिनुपर्छ ।
जुँघा र दाह्री : बाक्लो जुँघा र दाह्री प्रति पनि महिलाहरु आकर्षित हुन्छन् ।
छाति र काँध : चौडा काँध र छाति, मस्कुलर शरीर, बलियो शरीरले महिलाहरूलाई चाँडो आकर्षित गर्छ ।