२० भाद्र २०८३, शनिबार
,
Latest
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोड्रिग्वेज रियल मड्रिड फर्किए



अ+ अ-

काठमाडौं । कोलम्बियन स्टार हामेस रोड्रिग्वेज रियल मड्रिड फर्किएका छन्। लोनको समय सकिएपछि यतिबेला रोड्रिग्वेज मड्रिडमा आइपुगेको मार्काले जनाएको छ।

सन् २०१४–२०१५ को सिजनमा रियल मड्रिड अनुबन्ध भएको रोड्रिग्वेजलाई मड्रिडले जर्नम क्लब बायन म्युनिख लोनमा पठाएको थियो।सन् २०१४ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका रोड्रिग्वेजले गोल्डेन बुट पाएका थिए।

६३ मिलियन पाउन्डमा रोड्रिग्वेज मड्रिड पुगेका थिए। यसैवर्ष उनको मड्रिडसँग सम्झौता सकिँदैछ।

रोड्रिग्वेज मड्रिड फर्किए पनि उनी प्रशिक्षक जिनेदिन जिदानको नजरमा नरकेको जनाइएको छ। रियलमा ३ सिजन खेल्दा रोड्रिग्वेजले ३६ गोल गरेका थिए।

यस्तै २ सिजन बायनमा बिताएका उनले त्यहाँ मात्र १५ गोल गरे। जिदानले चासो नदिएका हुनाले साथै सम्झौताको कुनै कुरा नआएकाले रोड्रिग्वेज यसै सिजन नयाँ क्लबमा अनुबन्ध हुने अनुमान गरिएको छ।

मार्काका अनुसार एथ्लेटिको मड्रिडले उनलाई अनुबन्ध गर्न चाहिरहेको छ। ४० मिलियन युरो मड्रिडले मागेका कारण त्यसमा छलफल भइरहेको जनाइएको छ।